एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ ।

आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।

Previous articleशुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
Next articleरास्वपाका माननीय फेरि विवादमा, शिक्षकहरु आक्रोशित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।