नारायणगढमा ईटिजी कन्सल्टेन्सीको नयाँ शाखा विस्तार

Click Image

उज्यालो नेपाल – नारायणगढमा ईटिजी कन्सल्टेन्सीले आफ्नो नयाँ शाखा विस्तार गरी औपचारिक रूपमा सेवा सञ्चालन गरेको छ।

विदेशमा उच्च शिक्षा प्राप्त गर्ने लक्ष्य राखेका विद्यार्थीलाई लक्षित गर्दै कन्सल्टेन्सीले अष्ट्रेलिया, वेलायत, अमेरिका, क्यानडा, न्युजील्यान्ड तथा युरोपका विभिन्न देशमा अध्ययनका अवसरबारे विस्तृत परामर्श प्रदान गर्ने जनाएको छ।

केएल मलको पाँचौँ तलामा अवस्थित यो नयाँ शाखाबाट विद्यार्थीलाई विश्वसनीय, पारदर्शी र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य कन्सल्टेन्सीले लिएको छ।

अध्ययनसम्बन्धी कोर्स छनोटदेखि भिसा प्रक्रिया र आवश्यक कागजात तयारीसम्मका सबै चरणमा सहजीकरण गर्दै विद्यार्थीलाई सहज र सुरक्षित रूपमा विदेश अध्ययनको मार्गदर्शन प्रदान गर्ने बताइएको छ।

नारायणगढमा शाखा विस्तारसँगै अब बढी विद्यार्थीले सहज पहुँचका साथ अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी परामर्श सेवा प्राप्त गर्न सक्ने कन्सल्टेन्सीको विश्वास छ।

Previous articleवीरेन्द्रनगरमा कारले ठक्कर दिँदा घाइते भएका अर्यालको ज्यान गयो।
Next articleसौराहामा होटेलकाे छतबाट लडेर एक किशोरीको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।