काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ

काठमाडौँ । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो ।

भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

त्यतिखेर रिजाल काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी थिए । यही प्रकरणमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक शुक्रबार नै पक्राउ परिसकेका छन् ।

Previous articleकलम किन्न भन्दै विद्यालयबाट निस्किएका दुई विद्यार्थीको नारायणीमा डुबेर मृत्यु
Next articleनेपाल मा.वि भ्रष्टाचार प्रकरण: अख्तियारको पुनरावेदन सर्वोच्चमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।