
खेलाडीहरुलाई अनुशासनमा राख्न नसकेको भन्दै म्यानचेस्टर युनाइटेडलाई २९ लाख (२० हजार पाउण्ड) रुपैयाँ जरिवाना तिराइएको छ।
प्रिमियर लिगले फुटबल संघको ई-२० नियम भंग गरेको भन्दै युनाइटेडलाई उक्त जरिवाना तिराउने निर्णय सुनाएको हो।
गत आइतबार लिभरपुलसँग २-० ले पराजित भएको खेलमा युनाइटेडका खेलाडीहरुले रेफ्री कार्ग पाउसनलाई खेल्दै अनुशासनविपरीत काम गरेका थिए।
रेफ्रीले फलका दिएपछि आक्रोसित यूनाइटेडका खेलाडीहरु रेफ्री पाउसनविरुद्ध खनिएका थिए। त्यसको छानिबनपछि लिगले युनाइटेडलाई जरिवाना सुनाएको हो।
युरोपेली मुलुकका राजदूत र राष्ट्रसङ्घीय प्रतिनिधिले भेटे सभामुख सापकोटालाई


