मलेसियाको पार्कमा छा’प्रो बनाएर बसेका नेपाली आमाछोराको उ’द्धार गरि नेपाल पठाईयो
(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

मलेशियाको सुवाङ्गको, ग्लेनमरीमा सार्वजनिक पार्कमा सात महिना देखि अ’लपत्र बस्दै आएका नेपाली आमा छोरा नेपाल फर्केका छन् । उनीहरु शुक्रवार हिमालयन एयरलाइन्सको उडानबाट नेपाल फर्केका हुन् । मलेशियाका स्थानीयहरु, नेपाली समुदाय, ओखलढुङ्गा एकता सेवा समाज र दुतावासको २ महिनाको अ’थक प्रयास पछि सविना र उनका छोराको सकु’शल उद्धार भएको उ’द्धारकार्यको संयोजन गरिरहेकी शुभद्रा कुमारी लिम्बुले जानकारी दिएकी छन् ।


ओखलढुंगा निवासी ४० वर्षिय सविना र उनका ५ वर्षिय छोराको उद्धार कार्य अ’ति नै चुनौ’तीपूर्ण भएको लिम्बुको भनाई छ । उद्धार गरी नेपाल पठाउने कार्यमा सविनाले गरेको ईन्का’रका कारण स’मस्या भएकोमा लामो समयसम्मको परा’मर्शपछि उनी नेपाल फर्किन मानेको लिम्वूले बताइन् । सविनाको परिचय खुलेपछि उ’द्धारका लागि आवश्यक कागजपत्र जुटा’उन पनि धेरैले दौ’डधु’प गर्नु परेको थियो । यसैगरी सविनाको उपचार र बस्ने प्रवन्ध मिलाउन पनि धेरै चु’नौतिपूर्ण भएको उनको भनाई छ ।

मनकारी केही मलेशियन नागरिकले सेवा र सहयोगको लागि हात बढाएपछि सविनाको उद्धार सफल भएको हो । मलेशियन नागरिकहरुले सविना र उनको छोरासंग मित्रता गरी हेरचाह मात्र नभई आ’र्थिक सहयोग पनि जु’टाएका थिए । लिम्बुका अनुसार एक महिना अगाडि सविना बसेको छा’प्रोबाट दुतावास र मलेशियन नागरिकको सहयोगमा निकालेर उनलाई मलेशियाको क्वालालुम्पुरस्थित हस्पीटल क्वालालुम्पुरमा उप’चार गराईएको थियो ।

उपचार पश्चा’त सविनालाई बस्ने व्यवस्था मिलाउन ठुलो सं’कट भएको थियो । त्यस बखत स्थानीयहरुको पहलमा सेलेडगोर राज्यको क्लाड भन्ने स्थानमा एल्सडाई संस्थाले आफ्नो से’ल्टरमा उनीहरुलाई राखि सहयोग गरेको थियो । नेपाली आमा छोराको अध्या’गमन विभागमा लाग्ने खर्च ओखलढुङ्गा एकता सेवा समाजले जुटाएको थियो भने अन्य खर्च स्थानीय मलेशियनहरु र मनकारी नेपालीहरुले दिएका थिए ।

नेपालमा रहेका आफन्तहरुले सविनाको आमाछोरालाई हेरचारको जिम्मा लिन अ’समर्थ भएको कारण सविना हाल नेपाली प्रवासी एकता सञ्जाल नामको वैदेशिक रोजगारमा जाने, फर्कने र उनीहरुको परिवारहरुको हितमा काम गर्ने संस्थाको ट्रान्जिट होममा सुरक्षित रहको जनाइएको छ । सविनालाई थप उ’पचार र पुनस्था’पनामा सक्दो सहयोग गर्ने प्रतिवद्धता नेपाली प्रवासी एकता सञ्जालका अध्यक्ष जनकराज शर्माले दिएका छन् । सपना बस्याल, मलेशिया/ देशपरदेश डटकम
Happy Dashain Wishes 2077 Dashain Greeting Card
निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपका चार सांसदद्वारा उच्च अदालतमा रिट


