कतारमा पुनः रोजगारीमा जान पूर्व अनुमति अनिवार्य
काठमाण्डौ – तपाईँ बिदामा कतारबाट घर आउनुभएको छ र कतार पुनः फर्कंन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने अब तपाईँको रोजगारदाताले चाहेमा तपाईँलाई कतार पुनः रोजगारीमा बोलाउन सक्नेछन् । कतार सरकारले ल्याएको नयाँ नियम अनुसार अब रोजगारदाताले कतार पोर्टलमा आवेदन गरी तपाईँको कतार प्रवेशका लागि अनुमति लिन सक्नेछन् ।
(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here
यदी रोजगारदाताले कतार पोर्टलमार्फत तपाईँलाई प्रवेशको अनुमति लिइदिएमा तपाईँ कतार जान पाउनुहुनेछ । तर रोजगारदाताले प्रवेशको अनुमति नलिएमा तपाईँले पुनः श्रम स्वीकृति लिंदैमा कतार प्रवेश गर्न पाइनेछैन् । नयाँ रोजगारीमा श्रमिक लैजाने सम्बन्धमा कतारले केही भनेको छैन । काेरोना महामारी सुरु भएपछि कतारले नेपालसहित १४ देशका नागरिकको प्रवेशमा रोक लगाएको थियो ।
उपत्यकामा यातायात चाप कम गर्न ठूला बस ‘बिआरटी’ सञ्चालन गर्ने तयारी


