Home Uncategorized कात्तिक ८ बाटै क्लिन फिड लागु हुने, अब विदेशी च्यानलमा विज्ञापन प्रसारण...

कात्तिक ८ बाटै क्लिन फिड लागु हुने, अब विदेशी च्यानलमा विज्ञापन प्रसारण गरे कारबाही

कात्तिक ८ बाटै क्लिन फिड लागु हुने, अब विदेशी च्यानलमा विज्ञापन प्रसारण गरे कारबाही

काठमाडौं / कात्तिक ८ गतेबाटै ‘क्लिन फिड’ अर्थात् विज्ञापनरहीत विदेशी च्यानल प्रसारण गर्नुपर्ने भन्दै सरकारले निर्देशन दिएको छ । विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार आगामी कात्तिक ८ देखि नेपालमा क्लिन फिड लागु गर्नुपर्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सरोकारवालालाई जानकारी गरएको हो ।

यस अघि भारतीय बोडकास्ट फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ लगायतका संघ संस्थाहरुले कोरानालाई कारण देखाउँदै क्लिक फिड लागु गर्न थप समय माग गरेका थिए ।

तर, मन्त्रालयले भने कानूनमा तोकिए अनुसार नै सोही समयमा बाट क्लिन फिड लागु गर्नुपर्ने भन्दै सूचना जारी गरेको हो । उक्त पत्रमा भनिएको छ, ‘कात्तिकक ७ गतेभित्र विज्ञापनरहीत रुपमा विदेशी च्यानल प्रसारण गर्नुपर्ने व्यवस्था ऐनमा नै गरिएको र ऐनद्धारा नै एक वर्षको तयारी अवधि समेतको अवस्था भएकाले ऐनको मर्म र भावना अनुरुप तोकिएको मितिदेखि क्लिन फिड लागु गुर्नपर्ने छ ।’ यदि तोकिएको समयबाट क्लिन फिड लागु नगरिएको अवस्थामा कानून बमोजिम कारबाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ ।

 

स्वदेशी उत्पादन सम्बर्द्धन गर्ने सिर्जनात्मक कामलाई सरकारले प्रोत्साहन गर्छ : सञ्चारमन्त्री शर्मा

Previous articleसस्तो उडान हुँदै, एअर अरेबियाले यति सस्तो मुल्यमा उडान सुरु गर्दै
Next articleकतारमा पुनः रोजगारीमा जान पूर्व अनुमति अनिवार्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।