कतार: घर फर्कन लागेका नेपाली महिललाई कम्पनी बाट भा’गेको भन्दै विमानस्थल बाट जे,ल

काठमाडौं) – साना महर्जन, निरुता विश्वकर्मा र रेश्मा राई कात्तिक २२ गते राति १२ बजे कतारको हमाद विमानस्थल पुगे । भोलिपल्ट बिहान ३ बजे उनीहरू नेपाल एयरलाइन्समार्फत स्वदेश फर्कनुपर्ने थियो । तर, अध्यागमन डेस्क पुग्दा प्रहरीले नियन्त्रणमा लिई एउटा कोठामा लगेर राखे । हामीलाई किन रोकेको हो ?’ सानाले प्रहरीलाई अंग्रेजीमा सोधिन् । प्रहरीले अरबीमा बोले । कोठाभित्र थु,नेर प्रहरी फर्किए । उनीहरूले एसियना रेस्टुरेन्टका सञ्चालक प्रवीण गुरुङलाई पनि सम्पर्क गरे ।

उनी गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक हुन् । उनको पनि फोन उठेन । उनीहरू गुरुङले चलाएको एसियनामा काम गर्थे । निरुता र साना गीत गाउँथे भने रेश्मा नृत्य गर्थिन् । बिहान ६ बजेतिर उनीहरूले कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई विमानस्थलमा नियन्त्रणमा राखेको जानकारी गराए । भारद्वाजले पनि प्रवीणलाई सम्पर्क गरे तर फोन उठेन । बिहान ८ बजे विमानस्थलको थु,नुवा कोठाबाट सीआईडीले आप्रवासी श्रमिकलाई डिपोर्ट गर्नका लागि बनाइएको खोज तथा अनुसन्धान विभागको डिपोर्टेसन सेन्टरमा लगेर राखे ।

‘भित्र हालेपछि मात्रै जे,लमा ल्याएको थाहा भयो, हामीले जेलै जानुपर्ने त्यस्तो अ,पराध के गरेका थियौं ?’ सानाले भनिन् । उनीहरूमाथि कम्पनीबाट भा,गेको अभि,योग लगाइरहेको रहेछ ।
‘हामीले कम्पनी कहिल्यै छोडेको थिएन । आउने बेला रेस्टुरेन्टकै म्यानेजरले हामीले पाउने हिसाबकिताबबाट टिकट का’टिदिएको थियो,’ निरुताले भनिन्, ‘उनीहरूकै गाडीले विमानस्थलसम्म पुर्‍याएको थियो । अध्यागमनमा पुगेपछि अना’हकमा पक्राउ पर्‍यौं । यो त सरासर ठूलो अन्’याय भयो ।’

रेस्टुरेन्टका सञ्चालक प्रवीण गुरुङले भने होटलको नियम उनीहरूले तो’डेको दाबी गरे । ‘उहाँहरू मेरामा काम गर्ने भए पनि भिसा होटलले दिएको थियो । होटलको केही निश्चित नियम हुन्छ, त्यो उहाँहरूले तो’ड्नुभयो,’ उनले भने, ‘केही दिन सम्पर्कबाहिर भएको जानकारी मेरो म्यानेजरले होटललाई गराएको रहेछ । भा’गेको भनेर प्रहरीले पक्रेको हामीलाई जानकारी थिएन ।’

जे’लमा उनीहरूले चार रात बिता’उनुपर्‍यो । ‘जेलभित्र हामीबाहेक अरू नेपाली थिएनन् । अफ्रिका र युगान्डातिरका सयभन्दा बढी महिला थिए,’ उनले भनिन्, ‘एउटै कोठाभित्र २०–३० जना थिए होलान् ।’
नेपाली दूतावासले जे’ल प्रशासनसँग पहल गरेपछि मात्रै उनीहरू २७ गते बिहान काठमाडौं आइपुगेका छन् । राजदूत नारदनाथ भारद्वाजले घ’टना थाहा पाएलगत्तै कन्सुलर शाखालाई जे’लबाट निकालेर घर पठाउने प्रबन्ध गर्न निर्देशन दिएको बताए ।

एक वर्षसम्म काममा लगाइसकेपछि सम्मानजनक ढंगले घर फिर्ता गर्नुपर्ने उनको भनाइ छ । ‘श्रम शोषण गरिएको, व्यक्तिगत स्वतन्त्रतामा नियन्त्रण गरिएको भन्ने कुरा छ, यो दुःखद पक्ष हो,’ उनले भने, ‘यो घटनाले हाम्रो देश, समग्र महिलाको इज्जत, प्रतिष्ठामा आँच आउने काम भयो । पीडितलाई काठमाडौंमा सम्बन्धित निकायमा उजुरी दिन भनेको छु ।’ होम कार्की / कान्तिपुर

चितवनमा ‘एक्सपर्ट एजुकेशन फेष्ट’ भोलि हुँदै, सबै तयारी पूरा
Previous articleनेपाल जान्छु भन्दा सधैं पि’ट्थ्यो, ११ वर्ष देखि साउदी घरमालिकले ब’न्धक बनाएको महिलाको यसरी गरियो उद्दार
Next articleभिषा सम्बन्धी युएईको नयाँ नियम: मार्च एक अघि भिषा सकिएकाले फा’ईन तिर्न नपर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।