भिषा सम्बन्धी युएईको नयाँ नियम: मार्च एक अघि भिषा सकिएकाले फा’ईन तिर्न नपर्ने
काठमाण्डौ – यूएईले भिसाको अवधि सकिएर अवै’धानिक भएका आप्रवासी श्रमिकलाई स्वदेश फर्कन समय थपिदिएको छ । मार्च एकभन्दा अघि भिसा सकिएर अवै’धानिक रुपमा यूएईमै बसिरहेकालाई २०२० को अन्त्यसम्म कुनै पनि जरि’बाना बिना स्वदेश फर्कने अवसर दिएको खबर गल्फ न्युजले लेखेको छ ।

यसअघि यूएईले भिसाको अवधि सकिएकाहरु नोभेम्बर १७ सम्म स्वदेश फर्किसक्नुपर्ने भनेको थियो । तर फेरि मंगलबार अर्को निर्णय गर्दै ३१ डिसेम्बर २०२० सम्ममा स्वदेश फर्कन सक्ने व्यवस्था गरेको छ ।
यूएईले दिएको यो अवसरको सदुपयोग गरेर स्वदेश फर्कनेले भिसा सकिएपछि त्यहाँ बसेबापत लाग्ने कुनै पनि जरि’वाना तिर्न पर्दैन । यूएई सरकारको पछिल्लो निर्णय अनुसार भिजिट, टुरिष्ट भिसा र बसोबासको भिसा १ मार्च २०२० भन्दाअघि सकिएकाहरु बिना जरि’वाना स्वदेश फर्कन सक्नेछन् ।

यसअघि यूएई सरकारले मार्च १ भन्दा अघि भिसाको म्याद सकिएको विदेशी नागरिकलाई (आज) अर्थात् १७, नोभेम्वरसम्म आममा’फीको समय तो’केको थियो । तर अहिले यो अवधि बढाएर डिसेम्बर अन्त्यसम्म पुर्याएको हो ।

ओ’भर स्टेको जरि’बाना तथा अन्य कागजातहरु ‘वर्क परमिट’ र ‘इमिरेटस आइडी’ मा लाग्ने फा’इन लगायतकाले डिसेम्बर अन्तिम भित्रमा मुलुक छोडेमा उनीहरूलाई सबै जरि’वानाबाट छु’ट दिइने पहिचान र नागरिकता (आईसीए) को संघीय प्राधिकरणका विदेश मामिला तथा बन्दरगाहका महानिर्देशक मेजर जनरल सईद रकन अल रशीदीले बताए ।

यता,एनआरएनए, एनसीसी यूएईका उपाध्यक्ष पासाङ शेर्पाले पनि यूएई सरकारलाई धन्यवाद दिदै मार्च १ भन्दा पहिले भिसा सकिएर अवैधा’निक बनेका सबैका लागि यूएई सरकारले १७, नोवेम्बर सम्म तो’केको आम मा’फी ३१ डिसेम्बरसम्म बढाएको बताए ।

उनले यो थपिएको समयको सदुपयोग गर्न यूएईमा अवैधा’निक रुपमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेका छन् ।
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन


