कतारमा रहेका नेपालीलाई नेपाली दुताबासको जरु’री सुचना 28 Dec 2020

काठमाण्डौ – कतारमा कोरोनाको जो’खिम बढ्न सक्ने भन्दै त्यहाँ रहेका नेपाली श्रमिकलाई सा’वधानी अपनाउन नेपाली दूतावासले आग्रह गरको छ । कतारमा रहेकाे नेपाली दूतावासले कतारका छिमेकी देशमा कोभिड सङ्क्रमण बढेको भन्दै त्यसको अ’सर कतारमा पनि पर्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको हो । कतार सरकारद्वारा अवलम्बन गरिएका निरो’धात्मक उपायहरु जस्तै तोकिएको संख्याभन्दा बढी हुने गरी भि’डभाड नगर्ने, मास्कको प्रयोग गर्ने, साबुनपानीले हात धुने, स्या’निटाइजरको प्रयोग गर्ने जस्ता साव’धानी अपनाउन आग्रह गरेको छ ।


यस्तै वभिन्न अवसरमा पर्व उत्सवहरु मनाउँदा समेत स्थानीय नियम कानून तथा संस्कति अनुरुप मर्यादित ढंगले तथा भिडभाड नगरी मनाउन समेत आग्रह गरेको छ । दुताबासको सुचना यस्तो छ!
कतार स्थित नेपाली समुदायमा राजदुताबासको अनुरोध
विश्वव्यापी रुपमा फैलिएको संक्रमण कोभिड १९ को संक्रमण कतार लगायत बिभिन्न मुलुकहरुमा घट्दो क्रममा रहेता पनि पूर्णरुपमा न्यूनीकरण नभएको अवस्था छ! कोभिड १९ को संक्रमणलाई न्यूनीकरण गर्न कतार सरकारले चालेका सुरक्षा र सत’र्कता उपायहरु कतारमा रहनुभएका नेपाली समुदायबाट यथाशक्य पालनामा भएकै छ!

हालसालै कतारका छिमेकी मुलुकहरुमा कोभिड संक्रमण बढिरहेको समाचारहरु प्राप्त भइरहेका छन्! केही युरोपेली मुलुकहरुमा समेत कोभिड-१९ को नयाँ प्रकारका संक्रमणहरू देखापरेको सूचना समेत प्राप्त भइरहेका छन् ! यस सन्दर्भमा कतारमा रहनु भएका सम्पूर्ण नेपालीहरुले कतार सरकारद्वारा अवलम्बन गरिएका निरो’धात्मक उपायहरू (जस्तै तोकिएको संख्याभन्दा बढी हुने गरी अनावश्यक भिडभाड नगर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने, स्यानिटाईजरको प्रयोग गर्ने) पूर्णरुपमा पालना गर्नुहुन पुनः नेपाली राजदूतावास हार्दिक अपिल गर्दछ!
त्यसैगरी विभिन्न अवसरमा पर्व/उत्सवहरु मनाउँदा समेत स्थानीय नियम कानुन तथा संस्कृतिको अनुरुप मर्यादित तबरले तथा भिडभाड नगरी मनाउन हुन समेत सबैमा हार्दिक अनुरोध छ ! नेपाली दूतावास दोहा २०७७/०९/१३



