हरिप्रसाद कोइराला बेलबारी(मोरङ), माघ २८ गते । मोरङको बेलबारी–११ लक्ष्मीमार्गका ३९ वर्षीय सुभाष तामाङलाई आफ्नो मृ’त्यु नभइकन प्राप्त गरेको मृ’त्यु दर्ता प्रमाणपत्र यतिबेला घाँ’डो भएको छ । तीनै तहका सरकारले वैदेशिक रोजगारबाट फर्किएका युवालाई उद्यमका लागि सहुलियत प्रदान गरेका छन् । तालिम र ऋ’णको ब्यवस्था गरेका छन् । तर, ३९ वर्षीय तामाङ अपा’ङ्ग बनेर फर्किनु भए पनि उहाँले कुनै पनि सीपयुक्त तालिम र सहुलियत प्राप्त गर्न सक्नुभएको छैन । आफू जीवितै भएको प्रमाण जु’टाउन उहाँ धेरै पटक सरकारी कार्यालय धा’उनु भयो ।
तर, विदेश (साउदी अरब)मा म’रेर ला’श झि’काउन मृ’त्यु दर्ता प्रमाणपत्र बनाएर पठाएकोले उहाँले सजिलै जीवित भएको प्रमाणपत्र बनाउन नसक्नु भएको हो । तामाङका अनुसार उहाँ २०७२ को असार २४ गते साउदी अरवमा दुर्घ’टनामा पर्नुभयो । कम्पनीबाट आफूले प्राप्त गर्ने तलब लिन बैंक जाने क्रममा उहाँसँगै अरु चार जना नेपाली पनि दुर्घट’नामा पर्नुभएको थियो । चारमध्ये ३ जना नेपालीको घट’नास्थ’लमै मृ’त्यु भयो । कम्पनीले बाँचेका एक जनाको स’घन उपचार कक्षमा राखेर ६ महिना उपचार ग-यो ।

साउदी अरबको हुण्डाई कम्पनीले श’व क्षत’विक्षत भएकोले त्यहाँको अस्पताललाई ग’लत सूचना दियो ।मृत’कको पहिचान नगरीकन अस्पतालले श’व कम्पनीलाई बुझायो । सोही अनुसार सुभाष तामाङको मृ’त्यू भएको भन्दै कम्पनीले ला’श बुझेर नेपाल पठाउने प्रक्रिया सुरु ग-यो । कम्पनीले सुवासको परिवारलाई मृ’त्युको ख’बर ग¥यो । सुभाषका आफ’न्तले मृ’त्यु दर्ता गरेर दूतावासमा पत्राचार गरे । सम्पूर्ण प्रक्रिया पूरा भएपछि सुभाष तामाङको श’व नेपाल ल्याइयो र बौद्ध परम्परा अनुसार अन्त्ये’ष्ठि गरियो ।
श’व चिन्नै नसकिने गरी क्षत’विक्षत भएकोले आफ्रना पति हुन् वा होइनन्, उहाँकी पत्नी सन्तोषी तामाङले पनि ठम्या’उन सक्नुभएन । सन्तोषी तामाङले भन्नुभयो – पहिचान गर्न सकिने अवस्थामा श’व थिएन्, अझ शो’कमाथि पी’डा पनि थियो । कसरी चिन्नु र ? अस्पतालमा उपचाररत ब्यक्तिको ७५ दिनपछि होस खुल्यो । होस खुलेको बिरा’मीले आफू सुभाष तामाङ भएको बताएपछि मात्र कपिलवस्तुका टेकेन्द्र भण्डारीको श’व मोरङको बेलबारी–११ की सन्तोषी तामाङले आफ्नो पति मानेर अन्त्ये’ष्ठि गरेको खु’ल्यो ।
उता कपिलवस्तुका टेकेन्द्र भट्टराईका परिवारले अन्त्ये’ष्ठि गरेको स्थानको मा’टो लगेर अन्ति’म कार्य गरे । यता सुवास तामाङ परिवारमा भने खुसी छा’यो । यद्यपि उहाँको जन्मस्थान भोजपुरको कुदाकाउलेमा सुभाषलाई पुनः जन्मा’एर पुर्न”जन्मको विधि गराइयो । अहिले सुभाषको शरीरभरि चौ’टैचो’ट छ । २ घण्टा अघि देखेको ब्यक्तिलाई २ घण्टापछि चि’न्न सक्नुहुन्न उहाँ ।
बेलबारी –११ को लक्ष्मीमार्गमा सानो चिया पसल गरेर दुई छाकको जो’हो गरिरहनु भएका तामाङका १४ वर्षीय छोरा र १२ वर्षीया छोरी छन् । छोरा छोरीलाई राम्रोसँग पढाउने र सुखी बन्ने स’पना बोकेर बैदेशिक रोजगारमा हा’निनु भएका तामाङको स’पना पानीको फाे’का झैं फु’टेको छ । उहाँले भन्नुभयो- न कम्पनीबाट क्षति’पूर्ति पाएँ । न त आफ्नो देशको सरकारले दिने सेवा सुबिधा नै लिन पाएको छु । स्त’ब्ध हुँदै उहाँले भन्नुभयो ।
https://ujyaalonepalnews.com/archives/13458


