नेपाली ट्याक्सी चालकमाथि दुर्व्य’वहार गर्ने महिलामाथि पर्‍यो अर्को मुद्दा, यसअघि तीनपटक पक्राउ परिसकेको रेकर्ड!

प्यासेन्जरलाई मास्क लगाउन अनुरोध गर्दा ट्याक्सी चालक शोभाकर खड्कामाथि दुर्व्य:वहार गर्ने महिलामाथि अर्को मु’द्दा पनि दा’यर भएको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि अर्ना किमाई र मलेसिया किङ नामका दुई युवतीले दुर्व्य’वहार गरेका थिए।

ती मध्ये इरानी मुलकी किमाईवि:रुद्ध गाडी ठोक्का:एर एक महिलालाई घा:इते बनाएको आरो:पमा मु:द्दा दाय:र भएको हो। फेब्रुअरी २०१९ मा किमाईले गाडी मोडेर अर्को गाडीलाई ठक्कर दिँदा उक्त गाडीमा रहेकी महिला स’ख्त घा’इते भएकी थिइन्। अदा’लतमा दा’यर गरिएको मु’द्दामा गाडीको क्ष’तिपूर्ति, उपचार ख’र्च र आम्दानी गु’मेको क्षति’पूर्ति दा’वी गरिएको छ।

यतिमात्र हैन ती महिलाले हाइवेमा १ सय २२ माइल प्रतिघण्टाको गतिमा गाडी चलाएको भिडियोसमेत सार्वजनिक भएको छ। यो गैरका’नुनी कुदा’ई हो।

यसअघि तीन पटक प’क्राउ!

अर्ना विग’तमा पनि पटकपटक पक्राउ परेको देखिएको छ। ती महिला सन् २०१५ मा एकपटक र २०२० मा दुईपटक पक्राउ परेको प्रहरी रे’कर्डमा उल्लेख छ।

सन् २०१५ मा अरुको सामान जब’र्जस्ती लिएको अभि’योगमा लस एन्जलसबाट पक्राउ परेकी थिइन् उनी। त्यस्तै सन् २०२० को फेबु्रअरी १२ मा अरेन्ज काउन्टीको प्रहरीले उनलाई चो’रीको अभि’योगमा पक्राउ गरेको थियो। त्यस्तै सन् २०२० कै जुलाई १६ मा उनी अरुको गाडी विना अनुमति लिएर हिडेको अभि’योगमा पक्राउ परेकी थिइन्।

२४ बर्षकी अर्नाले नेपाली उबर चालकमाथि खो’क्ने, फोन खो’स्ने, मास्क च्या’त्नेमात्र हैन अपश’ब्दसमेत प्रयोग गरेकी थिइन्।उ उबरले यो घ’टनापछि अर्नाको एकाउन्ट खा’रेज गरिदियो र उनीमाथि प्र’तिबन्ध लगाइदियो। त्यसपछि ती युवतीले अब लिफ्ट चढ्ने घोषणा गरेकी थिइन्। तर लिफ्टले पनि ती युवतीमाथि प्र’तिबन्ध लगाइदिएको छ।

के भएको थियो घ:टना?

गत मार्च ७ तारेखमा चालक खड्काले पछाडि सिटमा रहेकी एक महिलालाई मास्क लगाउन अनुरोध गरेपछि वि;वाद भएको हो।मास्क लगाउन अनुरोध गर्दा आ;क्रामक बनेकी अर्नालेले चालक खड्काको मुखबाट मास्कमात्र फुस्का;इनन् उनको मोबाइल समेत लिने प्रयास गरिन्। खड्काले महिलाले मास्क नलाएको देखेपछि नजिकैको ग्यास स्टेसनमा गएर किन्न अनुरोध गरेका थिए।

आ’क्रोशित महिलले ट्याक्सी छोडेर जाने बेलामा आँखा पो’ल्ने धुलो प्र’हार गरेको खड्कालाई उदृत गर्दै सन फ्रान्सिस्को प्रहरी प्रवक्ताले बताएका छन्। हफपोस्टले जनाएअनुसार आ;प्रवासी चालक खड्काले आफ्नो रंग;भेदका कारण आफूमाथि दु;र्व्यवहार भएको जनाएका छन्।

खड्काले पछिल्लो सिटमा बसेका तीन जनामध्ये एक जना महिलाले मास्क लगाएकी थिइनन्। उनलाई मास्क लगाउन अनुरोध गरेपछि वि’वाद सुरु भएको हो। महिलाले मास्क लगाउन मानिनन्। चालक खड्काले गाडी ग्यास स्टेसनतिर लगे ता कि ती महिलाले मास्क किनुन् र चढुन्। तर ग्यास स्टेसन पुग्नुअघि नै उनीमाथि दुर्व्यव:हार भयो।

उनीहरु गाडीबाट उत्रिए र एकजना महिला फर्केर गाडीको झ्यालमा पुगिन् र धुलो छ्या’पेको प्रहरीले जनाएको छ। ट्याक्सीका ती यात्रुहरुको पहिचानका लागि प्रहरीले सर्वसाधारणलाई सहयोग मागेको छ। कोभिड १९ संक्रमणसँगै अमेरिकामा एसियाली मुलका नागरिकमाथि दुर्व्य’वहार बढेको छ।

https://ujyaalonepalnews.com/archives/13855

Previous articleसाउदी राजकुमार ‘बिन तलाल’को पाँचतारे होटल नेपाली अरबपति विनोद चौधरीले किने
Next articleसाउदीमा विदेशी कामदारले पनि सरकारी जागिर खान सक्ने, कम्पनीले छुट्टी नदिए पनि फर्कन पाईने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।