साउदीमा विदेशी कामदारले पनि सरकारी जागिर खान सक्ने, कम्पनीले छुट्टी नदिए पनि फर्कन पाईने

साउदीमा विदेशी कामदारले पनि सरकारी जागिर खान सक्ने, कम्पनीले छुट्टी नदिए पनि फर्कन पाईने

काठमाण्डौ – साउदीमा कार्यरत आप्रवा’सी श्र’मिकले अब रोजगारदाताको अनु’मति बिनै काम फेर्न र आफ्नो देश फर्कन पाउने भएका छन् । साउदीको अनला’इन समाचार पोर्टल अरब न्युजका अनुसार साउदी सरकारले आफ्नो क’फला सि’स्टमलाई परिमार्जन गर्दै साउदीमा कार्यरत श्रमिकले आइतबारदेखि काम परिवर्तन गर्न र आफ्नो देश फर्कन रोजगारदाताको अनुमति लिन न’पर्ने व्यवस्था गरेको हो ।

साउदी सरकारले केही समय अघि नै गरेको यो घोषणा आज आइतबारदेखि लागू भएको हो । क’फला प्रणाली अन्तर्गत साउदीमा कार्यरत श्रमिकले काम परिवर्तन गर्न र स्वदेश फर्कनका लागि आफू आबद्ध रोजगारदाताको पूर्व स्वीकृति दिनुपथ्र्यो । रोजगारदाताले अनुमति नदिएसम्म स्वदेश फर्कनसमेत पाइदैन थियो ।

तर अब साउदी सरकारले ल्याएको यो नयाँ नियमले त्यहाँ कार्यरत ला’खौँ नेपालीसहित विदेशी श्रमिकलाई फाइदा पुग्नेछ । स्पन्सरको अनुम’ति बिना स्वदेशसमेत फर्कन नपा’उने साउदी सरकारको नियमले धेरै विदेशी श्रमि’कको मानवअधिकारको समेत हन’न भएको भन्दै वि’रोध भएको थियो ।

साउदीले विदेशी नागरिकले पनि अब सिधैं सरकारी कामका लागि आवेदन दिन सक्ने भनेको छ । यसअघि कतारले पनि यही नियम लागू गरिसकेको छ ।

https://ujyaalonepalnews.com/archives/13858

Previous articleनेपाली ट्याक्सी चालकमाथि दुर्व्य’वहार गर्ने महिलामाथि पर्‍यो अर्को मुद्दा, यसअघि तीनपटक पक्राउ परिसकेको रेकर्ड!
Next articleसाउदीमा लागु भएको नयाँ कानुनले के के गर्न दिन्छ? सरल भाषामा बुझ्नुहोस्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।