०७ अप्रिलको सुचना: नयाँ पासपोर्ट लिन आउन दुताबासको आग्रह

उज्यालो नेपाल, ०७ अप्रिल – रोजगारीको लागी विदेश गएका धेरै नेपालीको राहदानीको म्याद विदेशमै सकिने गरेको छ! अध्ययन, रोजगारी वा व्यापार-व्यवसाय गर्न विदेश गएका नेपालीलाई राहदानीको म्याद सक्किएको खण्डमा विदेशमा नै रहेको नेपाली दुताबास वा नियोगहरु बाट राहदानी नविकरण गर्ने सबिधा छ!

साउदीको रियादमा रहेको नेपाली दुताबास र जेद्दामा रहेको महावाणिज्य दुताबासले साउदीमा रहेका नेपालीको राहदानी नविकरणको काम गर्दै आएका छन्! नेपाली नागरिकको सुबिधाको लागी कोरोना महा’मारीको अवस्थामा पनि दुवै दुताबासले साउदीका विभिन्न ठाउँमा घुम्ती शिविर संचालन गरि राहादानी नविकरणको लागी आवेदन संकलन गरेको थियो !

अहिले तिनै आवेदन दिने व्यक्तिहरुको राहदानी नविकरण भएर आउने क्रम जारी छ! आज ४ अप्रिल मा  पनि २११ जना नेपालीहरुको राहदानी बनेर आईपुगेको छ! तपाई साउदीमा हुनुहुन्छ र यो सुचना हेर्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो समाचार शे’यर गरिदिनुहोला ! तपाईको पासपोर्ट आयो नि आएन?? तुरुन्त हेर्नुहोला! दुतावासको सुचना यस्तो छ!

नयाँ राहदानी लिन आउनेसम्बन्धी सूचना !

राहदानी नविकरणका लागि मिति १० मार्च २०२१ सम्म आवेदन पेस गर्नुभएका संलग्न लिष्टमा नाम भएका आवेदकहरूको राहदानी बनेर राजदूतावासमा आइसकेको हुँदा आफ्नो नयाँ राहदानी बुझिलिन पुरानो राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित दूतावासमा यथाशीघ्र सम्पर्क गर्नहुन अनुरोध गरिन्छ ।

साथै, पूर्वी क्षेत्र (दमाम, जुबेल र खोबर) बाट आवेदन दिनुभएकाहरूको लागि नयाँ राहदानी लिन आउने तालिका पछि प्रकाशन गरिने छ । नेपाली राजदूतावास, रियाद । २५ चैत्र २०७७

https://ujyaalonepalnews.com/archives/13991

Previous articleविदेश बाट घर फर्कदै हुनुहुन्छ? कतिसम्म सुन लान पाईन्छ ?
Next articleकतारमा पिसिआर परिक्षणको शुल्क तीन सय रियाल तोकियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।