कतारमा पिसिआर परिक्षणको शुल्क तीन सय रियाल तोकियो

स्वास्थ्य मन्त्रालयले निजी अस्पतालमा कोभिड-१९ भाइरसको स्वाब परीक्षणको शुल्क तीन सय रियाल निर्धारण गरेको छ । यो निर्णय आज बिहीबार, अप्रिल ८ देखि लागू हुनेछ। सरकारी क्षेत्रमा पिसिआर परिक्षण तत्कालको लागि स्थगित गरिएपछि निर्धारित नयाँ शुल्कले विदेश यात्रा गर्न चाहने व्यक्तिमा थोरै भएपनि भार कम हुने स्वास्थ्य सुविधा इजाजत तथा मान्यता विभागका निर्देशक नूरा अब्दुल्लाह अल मुल्लाले बताउनुभयो ।

त्यस्तै यस निर्णयले स्वास्थ्य सेवामा कार्यारत स्वास्थ्यकर्मीहरूको दवाव कम गर्न र उनीहरु भाइरस संक्रमित बिरामीप्रति केन्द्रित हुन मद्दत पुग्ने विश्वास गरिएको छ । निजि स्वास्थ्य केन्द्रले शुल्क निर्धारणको नियम पालना गरे नगरेको बारे मन्त्रालयले अनुगमन गर्ने अल मुल्लाले बताउनुभयो ।

यो पनि: कतारमा फ्री कोरोना परिक्षण बन्द, अब यी निजि अस्पतालमा मात्र गर्नपर्ने, अस्पतालको लिस्ट सहित

उज्यालो नेपाल, २२ चैत, चितवन- प्राथमिक स्वास्थ्य सेवा कर्पोरेसनले (PHCC) विदेश भ्रमण प्रायोजनका लागि लिदै आएको कोभिड -१९ (PCR) स्वाब जाँच अस्थायी रूपमा बन्द गरेको छ । आज आइतवार जनस्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक ट्वीटर मार्फत ट्वीट गर्दै उक्त कुरा बताएको हो ।

प्राथमिक स्वास्थ्य सेवा निगमका स्वास्थ्य केन्द्रहरू र चिकित्सा टोलीहरू राष्ट्रिय कोभिड -१९ खोप कार्यक्रमको अग्रणी स्थानमा छन् र कर्मचारीहरू भाइरसका लक्षण र लक्षणहरू देखाउने सबैलाई स्वाब जाँच गर्दै चौबीसै घण्टा काम गरिरहेका छन् । यी समुहहरूमा दबाब कम गर्न, कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरूको लागि सेवाहरू प्रदान गर्न र खोप लगाउनेहरूका निमित ध्यान केन्द्रित रहोस् भन्नका लागि प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरू विदेश भ्रमण प्रायोजनका लागि दिदै आएको कोभिड -१९ (PCR) स्वाब जाँच अस्थायी रूपमा बन्द गरेको विज्ञप्तिमा भनीएको छ ।

प्राथमिक स्वास्थ्य सेवा निगमका स्वास्थ्य केन्द्रहरूमा गरिने स्वाब जाँच बन्द भएपनी निजी अस्पतालमा भने स्वाब जाँच गर्न सकिन्छ । सार्वजनिक स्वास्थ्य मन्त्रालयले (MOPH) देशका ४४ निजी स्वास्थ्य केन्द्रहरूलाई कोरोनाभाइरस पीसीआर परीक्षण गर्नका लागि अनुमोदन गरेको छ । स्वीकृत निजी स्वास्थ्य केन्द्रहरू यस प्रकार छन्:

  • Al Emadi Hospital
  • Turkish Hospital
  • Doha Clinic Hospital
  • Al Ahli Hospital
  • Queen Hospital
  • Dr. Moopen’s Aster Hospital
  • Magribi Center for Eye, ENT & Dental
  • Elite Medical Center
  • West Bay Medicare
  • Syrian American Medical Center

  • Future Medical Centre
  • Dr. Khaled Al Sheikh Ali’s Medical Center
  • Al Jufairi Diagnosis and Treatment
  • Al Ahmadani Medical Center
  • Imara Health Care
  •  KIMS Qatar Medical Center
  • Allevia Medical Center
  • Aster Medical Center Plus – Almuntazah
  • Al Jameel Medical Center
  • Atlas Medical Center

 

  • Al Tahrir Medical Center
  • Naseem Al Rabeeh Medical Center Doha
  • Naseem Al Rabeeh Medical Center
  • New Naseem Al Rabeeh Medical Center
  • Aster Medical Center – Al Khor
  • Al Kayyali Medical Center
  •  Abeer Medical Center
  • Al Esraa Polyclinic
  • Value Medical Complex
  • Asian Medical Center W.LL

  •  Dr. Maher Abbas Ployclinic
  • Sidra Medicine
  • Al Mansoor Polyclinic
  • Nova Health Care
  • Al Sutan Medical Center
  • Al Fardan Medical With Northwestern Medicine
  • Raha Medical Center W.L.L.
  • Al Shefa Poluclinic D-Ring Road
  • Planet Medical Center
  • Qatar Petroleum- Al Salata
  • Al Shefa Polyclinic – Al Kharaitiyat
  • Aster Medical Center Plus
  • Wellcare Polyclinic
  • Tadawi Medical Center

https://ujyaalonepalnews.com/archives/13998

Previous article०७ अप्रिलको सुचना: नयाँ पासपोर्ट लिन आउन दुताबासको आग्रह
Next articlelulu
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।