उज्यालो नेपाल, वैशाख ०३ काठमाडौं- कतारमा रहेको नेपाली दुताबासले जनशक्ति आवश्यकता सम्बन्धी सुचना जारी गरेको छ ! दुताबासमा खाली रहेको जनसम्पर्क अधिकृत (Public Relations Officer) पदको पदपूर्तिको लागी दुताबासले आवेदन माग गरेको हो ! सुचना जारी भएको १५ दिन भित्रमा आवेदन दिनु पर्ने दुताबासले जनाएको छ !
अंग्रेजी र अरेबिक राम्रोसंग लेख्न र बोल्न सक्ने, कतार सरकारको श्रम कानूनको राम्रो ज्ञान भएको, मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उतीर्ण गरेको, सूचना प्रविधिको ज्ञान भएको, कतारको सवारी चालक अनुमतिपत्र तथा कतारी आई डी भएको व्यक्तिले उक्त पदको लागी आवेदन दिन सक्नेछन! थप जानकारीको लागी तल दिईएको दुतावासको सुचना हेर्नुहोला !

जनसम्पर्क अधिकृत (Public Relations Officer) आवश्यकता सम्बन्धी सूचना
यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले इच्छुक उम्मेदवारहरुले आ-आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
निवेदक स्वयम् उपस्थित भई वा इमेलमार्फत (eondoha @ mofa. gov. np) दरखास्त पेश गर्नुपर्नेछ । प्राप्त दरखास्त मध्येबाट सम्बन्धित पदका लागि योग्य व्यक्तिहरुलाई अन्तर्वार्ताका लागि खबर गरिने व्यहोरा समेत सूचित गरिन्छ ।
पद/संख्याः जनसम्पर्क अधिकृत (Public Relations Officer) – १
योग्यताः
- अंग्रेजी र अरेबिक राम्रोसंग लेख्न र बोल्न सक्ने ।
- कतार सरकारको श्रम कानूनको राम्रो ज्ञान भएको।
- मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उतीर्ण गरेको ।
- सूचना प्रविधिको ज्ञान भएको ।
- कतारको सवारी चालक अनुमतिपत्र तथा कतारी आई डी भएको ।
सम्बन्धित काममा अनुभवीलाई विशेष ग्राह्यता दिईने
The Embassy of Nepal in Doha, is currently seeking to fulfill the following vacant position. Interested candidates can apply within 15 days of the first publication of this advertisement. The candidates should drop the application in person at the Embassy or through email (eondoha@mofa.gov.np). Short-listed candidates will be notified personally for interviews. Position/Number: Public Relations Officer-1
Qualification:
- fluent in English and Arabic and capable of translation and consecutive interpretation in both languages.
- Knowledge of Qatari’s Labour Law
- Holder of Bachelors Degree
- IT Friendly
- Holder of valid Qatari Driving Licence and Qatari ID
- Preference will be given to experienced candidates.
Embassy of Nepal,Doha, State of Qatar,April 15, 2021
https://ujyaalonepalnews.com/archives/14050


