4th edition का कतारी नोट छन् भने तुरुन्त साट्नुस नत्र खोस्टा बन्ला

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोबार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले मङ्गलवार (आज) एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोबार बन्द हुने सूचनामा उल्लेख छ ।

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आउँदाे असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ । त्यस अवधिभन्दा अघि नै सटहीका लागि समयसीमा तोकिएको हो ।

वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुन सक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ । राष्ट्र बैंकको सूचना यस्तो छ ।

चौथो संस्करणका कतारी रियाल बैंक नोटहरू सटही गर्नेसम्बन्धी नेपाल राष्ट्र बैंकको सूचना ( प्रथम पटक प्रकाशित मिति २०७८ वैशाख ७ गते)

कतारको केन्द्रीय बैंकले निष्काशन गरेका हाल चलनचल्तीमा रहेका चौथो संस्करण ( Fourth Edition) का कतारी रियाल बैंक नोटहरू उक्त बैंकले सन्‌ २०२१ जुलाई १ पश्चात्‌ चलनचल्तीबाट
हटाउने निर्णय गरेको हुँदा आफूसँग भएका त्यस्ता नोटहरू २०७८ वैशाख २७ गतेभित्र प्रचलित व्यवस्थाबमोजिम यस बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने यस बैंकका प्रदेशस्थित कार्यालयहरू, विदेशी विनिमयको कारोबार गर्न यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था वा परिवर्त्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्रप्राप्त मनिचेञ्जरहरूबाट सटही गर्नुट गराउनु हुन
सम्बन्धित सबैका लागि यो सूचना जारी गरिएको छ।

२०७८ वैशाख २७ गतेपश्चात्‌ त्यस्ता बैंक नोटहरू सटही गर्न यस बैंकलगायत इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र मनिचेञ्जरहरू बाध्य नहुने ब्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

https://ujyaalonepalnews.com/archives/14054

Previous articleकतार स्थित नेपाली दुताबासमा रोजगारीको सुवर्ण अवसर
Next articleनेपाली कामदारहरुलाई दुताबासले जारी गर्यो यस्तो सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।