कतार प्रवेश गर्ने नेपाली भारतीय फिलिपिनो लगायतलाई लाग्यो नयाँ नियम

काठमाडौ : कतारले नेपालसहित दक्षिण एशियाका पाँच र फिलिपिन्सबाट जाने यात्रुलाई अनिवार्यरुपमा क्वारेन्टिन बस्नुपर्ने निर्णय गरेको छ । भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण फैलिन नदिन उक्त निर्णय गरेको कतारी सञ्चारमाध्यमहरुले जनाएका छन् । कतारले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका तथा फिलिपिन्सबाट जाने यात्रुले अनिवार्यरुपमा होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ ।

यी मुलुकहरुलाई ट्रान्जिट बनाएर कतार पुग्नेहरु पनि क्वारेन्टिनमा बस्नु पर्ने छ । कतारमा अनिवार्य क्वारेन्टिन १० दिन तोकिएको छ । यो नियम बिहीबार विहान १२ बजेबाट लागू हुने छ । होटल खर्च यात्रु आफैंले व्यहोर्नुपर्ने छ । घरमै क्वारेन्टिन बस्ने सुविधा यी ६ वटा मुलुकहरुबाट जानेलाई नदिइने कतारको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । ६ मुलुकबाट जाने यात्रुले कोरोना खोप लगाइसकेको भएपनि दश दिन क्वारेन्टिन वा १४ दिन मैकनेस सेन्टरमा बस्नुपर्ने बताइएको छ ।

यसअघि दुई डोज खोप लगाएका विदेशीले त्यसको १४ दिनदेखि ६ महिना कतार प्रवेश गरेको भए पीसिआर परीक्षण गरेमात्र पुग्ने व्यवस्था थियो । नेपालसहित ६ मुलुकबाट कतार जाने यात्रुले ४८ घण्टाभित्र पीसीआर परीक्षण गराएको र नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा साथमा हुनुपर्नेछ । कतारले हमाद विमानस्थललाई ट्रान्जिट बनाएर अन्य मुलुक जाने यात्रुहरुलाई पनि पीसीआर परीक्षण अनिवार्य गरेको छ । त्यसका लागि ३ सय कतारी रियाल शुल्क ताकिएको छ ।

विदेशमा क्वारेन्टिन खर्च कामदार आफैले व्यहोर्नुपर्ने नियमले नेपाल जस्ता विपन्न देशबाट जाने आर्थिक दृष्टिले कमजोर कामदारको लागत बढाएको छ । हाल वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारले क्वारेन्टिन खर्च न्यूनतम ४ हजार रिंगेट तोकको छ । मलेसियाका नेपाली कामदारले क्वारेन्टिन बस्नकै लागी कम्तीमा साढे तीन महिनाको तलव खर्च गर्नुपर्ने देखिएको छ । उता कुवेत जाने कामदार पनि १४ दिन क्वारेन्टिनमा बस्दा न्यूनतम ६८ हजारदेखि अधिकतम १ लाख २७ हजार रुपैयाँसम्म खर्च व्यहार्नुपर्छ । मध्यान्ह डेली बाट 

https://ujyaalonepalnews.com/archives/14113

Previous articleनेपाल हुँदै खाडी छिर्ने ईन्डियनको मेख मर्यो; नेपाल सरकारले जारी गर्यो यस्तो सुचना
Next articleविदेश जानको लागी पिसिआर कुन अस्पतालमा गर्ने? सरकारले दियो यस्तो जानकारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।