काठमाडौँ — तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र नेपाललाई ट्रान्जिट बनाउन रोक लगाइने भएको छ । अध्यागमन विभागले एक सूचना प्रकाशित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले नेपाल आगमन गर्न र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिटका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान रोक लगाइएको जनाएको छ । अध्यागमन विभागका निर्देशक झंकनाथ खनालले वैशाख १५ गते राति १२ बजेदेखि लागू हुने गरी रोक लगाइएको बताएका छन् ।
पछिल्लो समय भारतबाट हुने अधिकांश उडानलाई विभिन्न मुलुकले प्रतिबन्ध लगाएका कारण भारतबाट नेपाल हुँदै तेस्रो मुलुक जानेको संख्या बढिरहेको छ । निर्देशक खनालले विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाई आगमन गर्न र नेपालबाट विदेश जाने अनुमति भने साविकबमोजिम नै नियमित रहेको बताएका छन् । विभागको सुचना यस्तो छ !
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ (नयाँ भेरिएन्ट) को बढ्दो जोखिमलाई मध्यनजर गर्दै हाल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र त्रि.अ.वि.लाई ट्रान्जिटको रुपमा प्रयोग गरी अन्य गन्तव्य तर्फ यात्रा गर्न २०७८ बैशाख १५ गते २४:०० बजेबाट लागू हुने गरी रोक लगाइको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। साथै विदेशबाट नेपाललाई अन्तिम गन्तव्य स्थल बनाई आगमन गर्न र नेपालबाट बिदेश जान साविक बमोजिम नै नियमित रहने व्यहोरा समेत अनुरोध छ ।

https://ujyaalonepalnews.com/archives/14110


