तपाई त कांग्रेसी बन्नुभयो; हामी कता लागौ कामरेड ?

निराजन घिमिरे, वैशाख १६, चितवन- २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा रत्ननगर नगरपालिकाको वडा नं १६ मा माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका पुरुषोत्तम लामिछाने नेकपा माओवादी केन्द्र परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हिजो बुधबार एक कार्यक्रमका विच नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठले लामिछानेलाई आफ्नो पार्टीमा स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका हुन् ।

कार्यक्रममा छोटो मन्तव्य दिंदै लामिछानेले कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकआपसको झगडाले आफूलाई लज्जित तुल्याएको बताए । कम्युनिस्ट पार्टीको एकता र स्थायित्वको सरकार बनेपछि मुलुक विकासको बाटोमा तीव्र गतिले अघि बढ्ला भन्ने आमजनताको इच्छामा तुषारापात भएको एवं यो व्यवस्था स्थापना गर्न बलिदानी गरेका शहीदको सपनामा गद्दारी भएको महसुस भएको बताएका छन् ।

पार्टी एकतापछि स्थानीय राजनीतिमा लगभग गुमनाम जस्तै बनेका लामिछाने अदालती निर्णयले पार्टी पुनः विभाजन भएपछी कांग्रेसमा प्रवेश गरेका हुन् ! माओवादी शान्तीप्रकियामा आए संगै वाईसियल कार्यकर्ता बनेर राजनीतिक यात्रा सुरु गरेका लामिछाने छोटो समयमै स्थानीय राजनीतिमा हाबी बनेका थिए! तीसौ वर्षदेखि राजनीतिमा लागेका स्थानीय नेताहरुलाई टक्कर दिने खुबी भएका लामिछाने अर्कै पार्टीमा गएपछि लामिछाने आफैले टिका लगाएर पार्टी भित्र्याएका उनका कार्यकर्ता भने निरास बन्न पुगेका छन् !

“हिजो उंहाले नै हामीलाई पार्टीमा भित्र्याउनु भयो, प्रशिक्षण दिनुभयो, चुनाबमा उँहालाई जिताउन नसकेपनि निकै ठुलो मेहनत गरियो, तर अहिले हामी सबैलाई धोका दिएर उँहा अर्कै पार्टीमा लाग्नुभयो” पिठुवा दोबाटोको एक चिया पसलमा भेटिएका उनकै एक कार्यकर्ताले नाम नखुलाउने शर्तमा बताए ! उनले अगाडी भने तपाई त कांग्रेसी बन्नुभयो; हामी कता लागौ कामरेड ?

 

 

 

 

https://ujyaalonepalnews.com/archives/14120

Previous articleकोरोना भ्याक्सिन लगाएको व्यक्तिले नेपाल फर्कंदा पिसिआर गर्न पर्छ कि पर्दैन ?
Next articleसाउदीबाट कोरोना पोजेटिभ रिपोर्ट बोकेका व्यक्तिलाई हिमालयन एअरलाइन्सले नेपाल झारेपछि….
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।