कोरोना भ्याक्सिन लगाएको व्यक्तिले नेपाल फर्कंदा पिसिआर गर्न पर्छ कि पर्दैन ?

0
62

कोरोना भ्याक्सिन लगाएको व्यक्तिले नेपाल फर्कंदा पिसिआर गर्न पर्छ कि पर्दैन ?

निराजन घिमिरे, १६ वैशाख– कोभिड-१९ को महामारीको कारण विदेशबाट नेपाल फर्कने प्रक्रिया केही झन्झटिलो बनेको त हामी सबैलाई थाहा नै छ । अहिले नयाँ भ्यारिएन्टको कोरोना भाइरस माहामारी फैलिए संगै नेपालमा लकडाउन सुरु भएको छ! काठमाण्डौमा आजै देखि निषेधाज्ञा सुरु भएको छ! निषेधाज्ञा सुरु भए संगै विदेशबाट छुट्टीमा अथवा फाईनल नेपाल फर्कन लागेका नेपालीहरुमा घर कसरी पुग्ने भनि चिन्ता थपिएको छ!

साउदी, कतार, युएई लगायत मुलुकले विदेशी श्रमिकहरुलाई पनि कोरोना खोपको व्यवस्था गरेको थियो ! यो अभियानमा धेरै नेपालीले कोरोना खोप लगाएका छन ! तिनै खोप लगाएका नेपालीहरुलाई अब  नेपाल फर्कंदा पिसिआर टेस्ट गर्नु पर्छ कि पर्दैन भन्ने कुराको दुविधा भएको देखिएको छ !  यस अगाडी पनि यस विषयमा उज्यालो नेपाल मार्फत हामीले जानकारी नगराएको भने होइन, त्यसै क्रममा आज फेरी अर्को सामाग्री लिएर आएका छौं ! आशा छ तपाई नेपाल जाँदै हुनुहुन्छ भने पक्कै पनि यो जानकारीले तपाइलाई सहयोग पुर्याउने छ । साथै यस विषयमा अन्य तपाईलाई थप जानकारी छ भने हामीलाई लेख्न सक्नुहुनेछ ।

कोरोना भ्याक्सिन लगाएको भएपनि वा नलगाएको भए पनि नेपाल फर्कंदा पिसिआर रिपोर्ट अनिवार्य रहेको छ! अहिले नेपाल फर्कन चाहिने दुई विषय भनेको पिसिआर परिक्षण र सिसिएमसि फारम हो । सिसिएमसि फारम बिचमा केहि समय  त्यति अनिवार्य नभएपनी अहिले फेरी नयाँ भ्यारिएन्टको कोरोना भाइरस माहामारी फैलिए संगै अनिवार्य गरिएको छ ! त्यस्तै पिसिआर परिक्षणको नेगेटिभ रिपोर्ट पनि अनिवार्य चाहिन्छ ।

अनलाईन फारम कसरी भर्ने ?

  • CCMC को वेबसाईटमा जानुहोस ।
  • फारम भर्दा कुनै दुविधा भएमा Correction Support मा गई सही इमेल, राहदानी नं. आदि मागिएको विवरण राखी खुलस्त रूपमा के गर्नुपर्ने हो Feedback पठाउनुहोला ।
  • रातो चिन्ह लगाइएका विवरण नछुटाई भर्नुहोला । सही विवरण उपलब्ध भएपश्चात मात्र उक्त इमेलमा थप जानकारी पठाइनेछ ।
  • फारम भरिसकेपछि आएको तपाइँको Bar Code को Screenshot गरी मोबाइलमा राख्नुहोस वा Print प्रतिलिपि तुरुन्त सुरक्षित आफैँसँग राख्नुहोला ।
  • यदी पहिला नै यो फारम भरिसकेको भए फेरी दोहोराएर नभर्नुहोस् । आफूले पहिले प्राप्त गरिसक्नुभएको Bar Code उल्लेख गरी अध्यावधिक गराउनु पर्ने विवरणलाई Correction Support मा गई भरेर पठाउनुहोला ।
  • Flight बाट आगमन हुने यात्रुहरूको हकमा फारम भर्दा Flight Confirm भई PCR Report प्राप्त भइसकेपछि मात्र भर्दा उपयुक्त हुनेछ ।

https://www.ujyaalonepalnews.com/archives/14117

Previous articleविदेश जानको लागी पिसिआर कुन अस्पतालमा गर्ने? सरकारले दियो यस्तो जानकारी
Next articleफ्लाईट त बन्द हुने नै भयो, श्रम स्वीकृति के होला ? यस्तो आयो जानकारी