घुस लिएको अभियोगमा वन अधिकृत विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बबई सव डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत आनन्दप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठको लगत राखिदिएबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको बुटवल सम्पर्क कार्यालयबाट गएको टोलीले साहलाई रु १० हजार घुससहित पक्राउ गरेको थियो।

आरोपी साहलाई बिगो असुल गरी कारवाहीको माग गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। रासस

विद्यालयका कार्यालय सहयोगी मृत भेटिए

Previous articleउज्यालो किरण संकलन गरेर राख्न सक्ने अनौठो टारसियर जनावर !
Next articleज्यालादारी प्राध्यापक आन्दोलनमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।