निषेधाज्ञाको तेश्रो दिन पुर्विचितवनको चार नगरपालिकामा यस्तो देखियो असर ( फोटोफिचर)

निषेधाज्ञाको तेश्रो दिन पुर्विचितवनको तिन नगरपालिकामा यस्तो देखियो असर ( फोटोफिचर)

लोथर चितवन / तस्विर: निराजन घिमिरे, उज्यालो नेपाल

निराजन घिमिरे, वैशाख १९, चितवन-— कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न चितवनमा वैशाख १६ गतेदेखि वैशाख ३१ गते सम्मालाई निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञाको तेश्रो दिन पूर्वीचितवनका चार नगरपालिका राप्ति, खैरहनी, रत्ननगर र कालिका का  सडकमा चहलपहल निकै घटेको छ । सडक क्षेत्रका पसलहरू खुलेका छैनन् ।

भण्डारा बजार / तस्विर: निराजन घिमिरे, उज्यालो नेपाल

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा अघिल्लो बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहीबार मध्यरातदेखि वैशाख ३१ गते मध्यरातसम्म कायम रहने गरेर बजार, यातायात र अन्य सेवा सम्बन्धमा आदेशहरु जारी गरेको हो ।

पर्सा चोक / तस्विर: निराजन घिमिरे, उज्यालो नेपाल

चोकचोकमा बसेर प्रहरी र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन् । भित्रि सडकहरूमा सवारी चाप घटे पनि पुर्व-पश्चिम राजमार्गमा भए सवारीसाधनको चाप राम्रै देखिएको छ । राजधानी काठमाडौँ, पोखरा लगायत ठाउँमा सामान बोकेर जाने मालवाहक सवारीसाधनका कारण पनि सडकमा चाप देखिएको हो ।

कयर खोला पुल / तस्विर: निराजन घिमिरे, उज्यालो नेपाल

निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने अत्यावश्यकीय क्षेत्रका केही सवारीसाधन मात्र चल्न दिइएको छ । वैशाख मसान्तसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागू गर्न चितवनभित्र र बाहिरबाट प्रवेश गर्ने नाका तथा गौंडामा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ ।

टांडी बजार / तस्विर: निराजन घिमिरे, उज्यालो नेपाल

अनुमतिवाहकले पनि सवारीमा देखिने गरी सेवा दिने क्षेत्र उल्लेख गरी परिचयपत्र भिरेर हिँड्नुपर्ने नियम बनाइएको छ । चितवन प्रवेश गर्ने पूर्वी नाका लोथर, भण्डारा बजार, पर्सा बजार, टांडी चोक लगायत नाका र मुख्य चोकमा ट्राफिक प्रहरी, जनपथ प्रहरी र ससस्त्र प्रहरीले कडा निगरानी गरिरहेका छन् !

टांडी बजार / तस्विर: निराजन घिमिरे, उज्यालो नेपाल
टांडी बजार / तस्विर: निराजन घिमिरे, उज्यालो नेपाल

 

https://ujyaalonepalnews.com/archives/14193

Previous articleआन्तरिक उडान बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय, २२ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान रोकिने
Next articleदमाम र जुबेलमा नयाँ पासपोर्ट वितरण हुने बारे नेपाली दुताबासको सूचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।