आन्तरिक उडान बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय, २२ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान रोकिने

0
60

सोमबार राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय, २२ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान रोकिने

काठमाडौँ — बढ्दो कोभिड संक्रमण रोकथामका लागि सरकारले सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कृषिमन्त्री पद्मा अर्यालले दिएको जानकारीअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

आइतबार मात्रै नेपालमा अहिलेसम्मकै सबन्दा उच्च कोभिड संक्रमित भेटिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ । भारत बाहेक अरु कुन कुन देशको अन्तर्राष्ट्रिय उडान बन्द हुने बारे अहिले सम्म खुलेको छैन ! तर राष्ट्रिय अन्तर्राष्ट्रिय चार्टर उडानलाई बन्द गरिने छैन ।

चैतमा मात्रै ३२ हजार बढी नेपाली गए वैदेशिक रोजगारीमा

काठमाण्डौ – कोरोना सङ्क्रमणको जोखिमकै अवस्थामा पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छैन । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गएकाे चैतमा मात्रै ३२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । ३० हजार ३५ पुरुष र दुई हजार १ सय ७ महिला गरि ३२ हजार एक सय ४२ नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ ।

यो नेपाल सरकारले श्रमको लागि खुल्ला गरेकामध्ये ७३ देशमा जानेहरुको संख्या हो । यसमध्ये १५ हजार ५ सय २६ जना पहिलोपटक श्रम स्वीकृति लिएर विदेश गएका हुन् भने बाँकी एक पटक विदेश गएर बिदामा आएर फेरि गएकाहरु हुन् । पछिल्लो समय राेजगारीकाे लागि साउदी जानेको संख्या बढी देखिएको छ । चैतमा मात्रै दश हजार ३ सय ७६ जना साउदी गएका छन् । यस्तै कतारमा ९ हजार ७ सय ४३ र यूएईमा सात हजार दुई सय एक जना रोजगारीको लागि गएको विभागले जनाएको छ ।

https://www.ujyaalonepalnews.com/archives/14189

Previous articleविदेश जानको लागी पिसिआर कुन अस्पतालमा गर्ने? सरकारले दियो यस्तो जानकारी
Next articleफ्लाईट त बन्द हुने नै भयो, श्रम स्वीकृति के होला ? यस्तो आयो जानकारी