दमाम र जुबेलमा नयाँ पासपोर्ट वितरण हुने बारे नेपाली दुताबासको सूचना
उज्यालो नेपाल, मे २ , काठमाडौँ- यदि तपाई साउदी अरबमा रोजगारी गर्नुहुन्छ र तपाईको पासपोर्टको म्याद सकिन लागेको छ भने के गर्ने? पक्का पनि तपाई अन्यो’लमा हुनुहुन्छ होला! अथवा साउदीमै तपाइको पासपोर्ट हरायो भने अर्को पासपोर्ट कसरी निकाल्न सकिएला? यस्ता कुरा जान्न तपाई पक्का पनि उत्सुक हुनुहुन्छ! आज हामीले यस्तै जानकारी लिएर आएका छौ !
तपाई साउदीमा हुनुहुन्छ र यो सुचना हेर्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो समाचार शे’यर गरिदिनुहोला ! यसै बीच साउदीको रियादमा रहेको नेपाली दुताबासमा नयाँ पासपोर्टको लागी आवेदन दिएका केहि व्यक्तिहरुको पासपोर्ट बनेर आईपुगेको छ! तपाईको पासपोर्ट आयो नि आएन?? तुरुन्त हेर्नुहोला! दुतावासको सुचना यस्तो छ!
पूर्वी क्षेत्रमा नयाँ राहदानी लिन आउनेसम्बन्धी सूचना !
दमाम र जुवेल क्षेत्रबाट राहदानी बितरणका लागि देहायको व्यवस्था मिलाइएकोले पूर्वी क्षेत्र (दमाम, जुबेल, कतिफ र खोबर) बाट आवेदन पेस गर्नुभएका संलग्न लिष्टमा नाम भएकाहरूले आफ्नो नयाँ राहदानी बुझिलिन पुरानो राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित निम्न मिति, समय र स्थानमा उपस्थित हुनुहुन अनुरोध छ ।

जुवेलको लागि
मितिः शुक्रबार ०७ मे २०२१
समयः बिहान ९ बजेदेखि १२ बजेसम्म
स्थानः एभरेष्ट नेपाली रेष्टुरेन्ट, जुवेल सिटी सेन्टर
लोकेशन हेर्न यँहा क्लिक गर्नुहोला
दमामको लागि
१. मितिः १०,११ र १२ मे २०२१
समयः अपरान्ह २ बजे देखि साँझ ५ बजेसम्म
स्थानः TIME TRAVELS & TOUR दमाम सिको गार्डेन नजिकै
माथि उल्लेख गरिएको मिति, समय र स्थानमा मात्रै राहादानी बितरण गरिने छ । नेपाली राजदूतावास, रियाद । ०२ मे २०२१ नामलिस्ट तल हेर्नुहोला

https://ujyaalonepalnews.com/archives/14205


