साउदी कतार युएई लगायत सम्पूर्ण मुलुक बाट हुने उडान मे १४ सम्म बन्द
सरकारले नेपालमा सोमवार मध्यरातदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै बिहीवार वैशाख २३ गतेदेखि केही अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी आइतवार साँझ एक मन्त्रीले बीबीसीलाई दिएकी थिइन्। नागरिक उड्ययन प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार मे ६ देखि १४ मेसम्म (वैशाख २३ देखि ३१ गते सम्म) नेपालमा सबै किसिमको अन्तर्राष्ट्रिय उडानहरू निलम्बन गर्ने निर्णय भएको छ।
“एक हप्ताका लागि उक्त व्यवस्था गरिएको भन्ने हामीलाई जानकारी आएको छ। हामी त्यो बेहरोको सूचना निकाल्न लागिरहेका छौँ,” सोमवार उनले बीबीसीसँग भने। उनका अनुसार उक्त अवधिमा चार्टड उडानहरू मात्रै हुनेछन्।सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड-१९ नियन्त्रणका लागि थप कडाइ गर्ने उद्देश्यले सबै उडानहरू रोक्ने निर्णय भएको बताए।
यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकपछि बीबीसीसँग कुरा गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले भारतसहित केही देशसँगको उडान स्थगित गर्ने निर्णय भएको बताएकी थिइन्। “भारतको उडानलाई केही समय स्थगन गर्ने भनिएको छ। ब्रजिल र दक्षिण अफ्रिकाको (उडान) लाई बन्द भनिएको छ। सीधै त छैन, तर अन्यत्रबाट आउँदा पनि नल्याउने,” उनले भनिन्।
शुक्रवार बसेको सीसीएमसी बैठकले भारतसँग कायम रहेको ‘एअर बबल’ सुविधा केही समयका लागि स्थगित गर्ने र दक्षिण अफ्रिका र ब्रजिलबाट उत्पत्ति भएका यात्रुहरूलाई केही समय नेपाल प्रवेश गर्न रोक लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो। कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्नका लागि अस्पतालको क्षमता बढाउने सन्दर्भमा केही अस्पताललाई सूचीकृत गरेर कार्ययोजना तयार पारिएको र अक्सिजन सिलिन्डर खरिद गर्ने विषयमा चीनबाट ल्याउने भनिएका २०,००० सिलिन्डर द्रुत गतिबाट ल्याउने निर्णय गरिएको मन्त्री अर्यालले जानकारी दिइन्।
भिडियो हेर्नुहोला
https://ujyaalonepalnews.com/archives/14220


