लुटेरै भ्याउने भए पसिनाको कमाई; चार्टर्ड उडानको नाममा २० हजारको टिकटलाई ९० हजार असुल्दै

काठमाडौं – विपन्न अवस्थामा रहेका नेपाली कामदारहरुलाई चार्टर्ड विमानको चर्को भाडाबाट बचाउन नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोशिएशनले सरकारसँग माग गरेको छ । एशोशिएशनले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेको हो । विगत एक वर्षदेखि नेपालमा नियमित उडानहरु कम भएको, केही अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले नेपालका उडानहरु बन्द गरेको र हाल भारतीय कामदारहरु समेत नेपालको अन्तर्राष्टिय विमानस्थल प्रयोग गरी विदेशिने क्रम बढेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै हाल विमानको भाडादर अपत्यारिलो गरी वृद्धि भएको पनि जनाइएको छ ।

२० देखि २२ हजारमा पाइने जहाज टिकटलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुले ९० हजार रुपैयाँसम्म हाल्नुपर्ने बाध्यता सिर्जना गरी समस्यामा परेका यात्रुलाई विमान कम्पनीहरुले आफनो आर्थिक स्वार्थ पूरा गर्ने मााध्यम बनाएको भन्दै यस्तो अवस्थामा नेपाल सरकारले नियमित उडानलाई स्थगित गरेर चार्टर्ड उडानहरुलाई अनुमति दिँदा टिकटको मूल्य थप आकाशिने बताइएको छ । यसमा विमान कम्पनी तथा चार्टर्डकर्ताहरुमा मनोमानी अझ बढ्ने सम्भावना रहेकाले त्यसतर्फ सचेत हुनुपर्नेमा सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

विदेशबाट आउने, छुट्टी सकेर फर्किने कामदार तथा अत्यावश्यक परी यात्रा गर्नुपर्ने बाध्यता भएकाहरुलाई यसले नराम्ररी प्रभावित गर्ने भन्दै एशोशिएशनले सम्बन्धित देशहरुलेसमेत नेपालबाट हुने उडानहरुलाई कुनै प्रतिबन्ध नलगाएको अवस्थामा स्वास्थ्य सम्बन्धी आवश्यक प्रक्रिया अपनाएर नियमित उडानलाई नै निरन्तरताका लागि पहल हुनुपर्ने माग गरेकोे छ ।

खाडीमा रोजगार गुमेपछि फर्किए चार लाख नेपाली

को’रोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन् । १ वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८४७ जना फर्किएका को’भिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ । तर यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन । केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) बाट फर्किएका छन् । दोस्रोमा रोजगारी गुमाएर फर्किने मुलुकमा कतार पर्छ । यूएईबाट १ लाख ४० हजार २१६ र कतारबाट १ लाख ५ हजार ७७४ जना फर्किएका हुन् ।

मलेसियाबाट ४८ हजार ४३५, साउदी अरबबाट ४१ हजार ६६८, कुवेतबाट २३ हजार ३४१, भारतबाट ३६ हजार १९५, टर्कीबाट १३ हजार ६३४, जापानबाट १३ हजार ५२५ जना फर्किएका छन् । सिंगापुरबाट ५ हजार ५०३, ओमनबाट ५ हजार ३७६ र दक्षिण कोरियाबाट ३ हजार ५६२, चीनबाट ३ हजार ५५८, हङकङ र मकाउबाट ३ हजार १६४ जना छन् । बंगलादेशबाट २ हजार ५९५, बहराइनबाट १ हजार ३५५, अस्ट्रेलियाबाट १ हजार २४४ र माल्दिभ्सबाट १ हजार १८ जना कोभिड–१९ को असहज परिस्थितिका कारण स्वदेश फर्किएका हुन् ।

भारतबाट विभिन्न नाका हुँदै करीब ७ लाख नेपाली स्वदेश फर्किएको भनिए पनि यो तथ्यांकमा समेटिएको छैन । कोभि’डयता नियमित अवस्थामा कति कामदार फर्किए भन्ने यकिन तथ्यांक छैन । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीबाट फर्किनेको तथ्यांक राख्ने पहल थाले पनि त्यो अझै प्रभावकारी हुन सकेको छैन । वैदेशिक रोजगार बोर्डले गत वर्ष खाडी र मलेसियामा को’रोनाका कारण ४ लाख ७ हजार कामदार प्रभावित भएको सार्वजनिक गरेको थियो । भारतसहित खाडी मुलुकमा ३१ लाख श्रमिक कार्यरत रहेको अध्ययनले देखाएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ५४ लाख ९६ हजार ४६० पुगेको छ । खाडी र मलेसियामा मात्रै १३ लाख ४८ हजार ८७२ जना कार्यरत रहेको तथ्यांक छ ।

को’रोना भाइर’सको दोस्रो लहरले वैदेशिक रोजगार प्रभावित भएको छ । पछिल्लो समयमा निशे’धाज्ञासहित हवाइ उडान समेत बन्द गरिएका छन् । नेपालमा दोस्रो लहर शुरू हुनुअघि वैदेशिक रोजगार सहज हुन थाले पनि पछिल्लो समयमा प्रभावित बन्न पुगेको छ ।

सरकारले चालू आर्थिक वर्ष ७ लाखलाई रोजगारी दिने घोषणा गरेको थियो तर रोजगारी सिर्जना हुने कुनै कार्यक्रम अघि बढाइएको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाखलाई सय दिने रोजगारी दिने घोषणा गरिए पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । अन्य रोजगारीका सिर्जनाका कुनै पनि पहल थालिएको छैन । विभागका अनुसार को’भिड–१९ यता १ लाख श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । स्वदेशमा पर्याप्त रोजगारी सिर्जना नहुनु, वैदेशिक रोजगारमा जान नपाउनु तथा वैदेशिक रोजगारबाट फर्किने क्रम बढेसँगै रोजगारीमा असन्तुलन पैदा भएको छ ।

श्रमविज्ञ डा. गणेश गुरुङ सरकारले रोजगारी सिर्जना गर्न ध्यान नदिएको बताउँछन् । को’भिडपछि धेरै भारतीय श्रमिक पलायन भएकाले उनीहरूको ठाउँमा विदेशबाट फर्केकालाई अवसर दिन ढिलाइ गर्न नहुने डा. गुरुङको सुझाव छ । ‘विदेशमा जे काम गरेको छ, यहाँ पनि त्यही प्रकृतिको काम दिनुपर्छ,’ उनी भन्छन् । को’भिडको दोस्रो लहरले वैदेशिक रोजगार तहसनहस हुन सक्ने चिन्ता व्यक्त हुन थालेको छ । वैदेशिक रोजगारीबाट ८ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ । यसले कूल गार्हस्थ उत्पादनमा २५ प्रतिशतभन्दा बढी योगदान दिएको छ । केही वर्षअघि वैदेशिक रोजगारीले कुल गार्हस्थ उत्पादनमा २९ प्रतिशतभन्दा बढी हिस्सा ओगटे पनि पछिल्लो समयमा खुम्चिँदै गएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

https://ujyaalonepalnews.com/archives/14265

Previous articleएसी टेक्निसियन भनेर १७ वर्षे उमेरमा कतार पुगियो; तातो घाममा बेल्सा हा’न्न पो लगायो
Next articleउडान बन्द भएपछी हजारौ कामदार समस्यामा; स्वदेश फर्कन नेपाली दूतावासहरुमा दबाब
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।