साउदीको चिहान बाट झिकेर एक हिन्दु युवाको शव आफ्नै देश ल्याईयो
हिन्दू युवकको मृत शरीरको अवशेषहरू साउदी अरेबियाको चिहानबाट झिकेर आफ्नै देश ल्याइएको छ। बुधवार दिल्ली उच्च अदालतमा यो जानकारी दिँदै भारतको केन्द्रीय सरकारले शरीरका बाँकी अवशेष परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया पूरा भइरहेको जनाएको छ । एक भारतीय हिन्दू युवालाई मुस्लिम ठानेर साउदी अरेबियाको एउटा चिहानमा गाडिएको थियो !

साउदी अरबमा मृत्यु भएका एक भारतीय हिन्दु युवाको शव मुस्लिम परम्परा अनुसार साउदीको एक कब्रस्तानमा गाडिएको थियो ! युवकका परिवारले आफ्नो छोरा हिन्दु रहेको र उसको काजक्रिया हिन्दु परम्परा अनुसार आफुले गर्न पाउनु पर्ने माग राख्दै शव भारत ल्याईदिन सरकार समक्ष माग गरेका थिए ! तर सरकारले उनीहरुको मागको कुनै सुनुवाई गरेको थिएन ! सरकारले बेवास्था गरेपछि परिवारले दिल्ली हाईकोर्टमा याचिका दर्ज गरेको थियो !
अदालतले कुटनीतिक माध्यम बाट पहल गरेर युवकको शव भारत झिकाउन आदेश दिएपछि भारत सरकारले शव झिकाएको हो ! शरीरको अवशेष बुधवार बिहान भारत पुगेको छ। लाशको अवशेष उत्तर प्रदेशको उन्नावमा बस्ने परिवारलाई हस्तान्तरण गर्न पठाइएको छ। अब उनीहरूले हिन्दू संस्कार अनुरुप अन्तिम संस्कार गर्न सक्नेछन्। एजेन्सी
साउदी प्रिन्स मोहम्मद बिन सलमानको अर्को महत्वपूर्ण फैसला; मस्जिदहरूका लाउडस्पीकरमा लगाईयो लिमिट
साउदी अरेबियामा निरन्तर उदारवादी नीतिहरू कार्यान्वयन गरिरहेका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ठूलो निर्णय लिएका छन्। अब साउदी अरेबियामा मस्जिदहरूका लाउडस्पीकरहरूको आवाज सीमित गर्ने निर्णय गरिएको छ। मस्जिदमा लाउडस्पीकर अब आफ्नो क्षमता को एक तिहाई भन्दा बढी बनाउन नपाईने भएको छ। स्थानीय मिडिया रिपोर्टका अनुसार लाउडस्पीकरहरू अज़ान र इकमतको लागि मात्र प्रयोग गर्न सकिन्छ।
उक्त निर्णयको पक्षमा बोल्दै साउदी अरेबियाका इस्लामिक मामिला मन्त्रीले भने कि लाउडस्पीकरले हल्ला गरिरहेका बारेमा धेरै उजुरीहरू थिए। यस पछि मात्र निर्णय लिइएको छ। केहि वर्षदेखि साउदी अरेबियामा उदारताको पक्षमा धेरै महत्वपूर्ण निर्णय लिइएको छ! तर महिलालाई ड्राइभ गर्ने अनुमति, फुटबल मैदानमा महिला उपस्थित भएर खेल हेर्न पाउने निर्णय देखि मस्जिदहरुमा लाउडस्पिकरको आवाज सिमित गर्ने लाई अनुमति दिएदेखि, यसले कट्टरपन्थी वर्गमा असन्तोष पनि बढाएको छ।
वास्तवमा राज्यले सन् २००९ मा पनि यस्तै निर्णय लिइसकेको थियो, तर विरोधको कारण यो कार्यान्वयन हुन सकेन। यद्यपि अब जारी गरिएको आदेशमा भनिएको छ कि यदि लाउडस्पीकरले तोकिएको सीमा भन्दा बढी आवाज निकाले भने मस्जिद प्रशासनलाई जरिवाना पनि लगाउन सकिन्छ। इस्लामिक मामिला मन्त्री भन्छन कि यो निर्णय जनताको हितमा लिएको छ।
https://ujyaalonepalnews.com/archives/14554


