खैरहनी- ९ बैरहनीमा प्रत्यक शुक्रबार हाटबजार सञ्चालन हुने

रत्ननगर, असोज २२ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. ९ बैरहनी चोकमा प्रत्यक शुक्रबार हाटबजार सञ्चालन हुने भएको छ ।

बैरहनी चोक टोल विकास संस्थाले आउँदै गरेको नेपालीहरुको महाँन पर्व विजया दशमी एंव शुभ दिपावलीको अवसरमा हाटबजार सञ्चालन गर्न लागिएको बैरहनी चोक टोल विकास संस्था अध्यक्ष सन्जिव प्रसाद शाहले सोमवार खैरहनीमा पत्रकार भेटघाट गरी जानकारी दिएका हुन् ।

बजार प्रवद्र्धन तथा कृषि बजार बिस्तारका लागि उक्त हाट बजार सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । स्थानीय कृषकहरुद्वारा उत्पादित कृषि सामाग्रीहरु हाटबजारमा लगी सजिलैसंग बिक्री गर्न सकिने उनले बताए । हाटबजार दिउँसो १ बजेदेखि बेलुका ७ बजे सम्म सञ्चालन हुनेछ ।

मुलुक कृषी प्रधान देश भनिएतापनी कृषकले सहि मुल्य नपाउने र बिचौलीयाले सधै नाफा मात्र खाने प्रवित्ती देखीएकाले यो हाट बजार किसानले सिधै ब्यापार गर्नको लागि सञ्चालनमा ल्याउन लागेको उनको भनाई छ ।

यही २८ गते नवदुर्गा मुर्ति समुद्धघाटन तथा पूजाआजा सहित वभिन्न जातजातिका झाकी र सोभा यात्राबाट हाटबजार उद्धघाटन गरिने उनको भनाई छ ।

यस्तै, कार्तिक ५ गते दिउँसो १ बजे देखी खुल्ला नृत्य तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले पत्रकार भेटघाटमा जानकारी दिएको छ ।

https://ujyaalonepalnews.com/archives/32165

Previous articleआफूमाथि कालोमोसो दल्ने एमाले कार्यकर्ता भएको दुर्गा प्रसाईंको आरोप
Next articleकालिकामा क्रिष्टल तथा पोतेका गर- गहना बनाउने तालिम शुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।