अभियन्ताको बि’गबिगी बढ्दै; कुट’पिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ
६ असार, काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कु’टपिट गरेको अभि’योगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन् । पीडित खुश्बु घिमिरेले दिएको कि’टानी जाहेरीका आधारमा उनीहरुलाई अ’भद्र व्यवहारको कसू’रमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दु’र्व्यवहार गरेको पनि आ’रोप छ । झालाई उनले सरुवा गराइदिने ध’म्की दिंदै रंग’भेदी अभिव्यक्ति दिएकी थिइन् । त्यसको च’र्को विरोध भइरहेका बेला झाको काज सरुवा भएको खुल्यो । पछि ट्राफिकले पुनः उनलाई महाराजगञ्ज नै फिर्ता पठाएको थियो ।
को हुन् ज्वाला संग्रौला??
हालै मात्र प्रहरीमाथि रंगभे’दी दुर्व्य’वहार गरेकी ज्वाला भनिने टीका संग्रौला चर्चामा आउनुको कारण रोचक छ । खासमा उनी टेलिभिजनकर्मी रवि लामिछानेकी ‘डाइहार्ट फ्यान’ थिइन् । लामिछानेका आलो’चकलाई फेसबुकमा तथानाम गा’ली गर्दागर्दै उनी आफैँ सामाजिक अभियन्ता बन्न पुगिन् । फेसबुकमा रहेका झण्डै २ लाख फलाेअर्स सायद अहिले उनकाे अहम्काे मुख्य स्राेत हाे ।
केही दिनअघि रवि लामिछाने जोडिएको जनमैत्री हस्पिटलले पैसा नतिरेको भन्दै कोरोना संक्रमितको श’व उठाउन नदिएको समाचार रिपोर्टर्स नेपाल डटकममा प्रकाशित भयो । त्यही रात कात्यनी चोकस्थित प्राइम टीभी परिसर पुगेर ऋषि धमलालाई ‘थ’र्काएको’ भन्दै भोलिपल्ट ज्वालाले फेसबुकमा फोटो पोस्ट गरेकी थिइन् । धमला रिपाेर्टर्स क्लबका अध्यक्ष हुन् र रिपाेर्टर्स नेपाल डटकम क्लबले नै चलाएकाे अनुमान गरी ज्वालाकाे समूह धमलाकहाँ पुगेकाे थियाे । पछि त्याे अस्पतालले ग’ल्ती गरेकाे पुष्टि भएकाे थियाे ।
हालै मात्र ज्वाला संग्राैलाले प्रहरी असई मणिकान्त झाबारे रंगभेदी अभिव्यक्ति अनि ‘पावर’को ध’म्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । ‘हामीलाई नि कार’बाही गर्नुपर्यो । तर, यहाँ बस्नै दिँदैनौँ सरुवा एनिहाउ हामी गर्छौं’, निषेधाज्ञा पालना गराउन ड्युटीमा खटिएका प्रहरीले लाइसेन्स मागेपछि आक्रो’शित बनेकी उनले ११ जेठमा प्रहरी कार्यालयभित्रै यस्ताे धमा’स दिएकी थिइन् ।
आफू जनताका लागि खटिएको दाबी गर्ने उनले ती मणिकान्त पनि जनताकै लागि काम गरिरहेकाे कुराको विल्कुल हेक्का राखिनन् । बरु झा हो भने मधेसतिर गएर बस्न भन्दै उनको समूहले साम्प्र’दायिक सद्भावविरोधी अभिव्यक्ति दियो । नभन्दै केही दिनमै मणिकान्तकाे सरुवा भएको थियो । भिडियो सार्वजनिक भएपछि द’बाबमा परेको प्रहरीले सरुवा फिर्ता गरिसकेको छ । तर, साम्प्रदायिक सद्भावविरोधी अभिव्यक्तिलाई लिएर टीका उर्फ ज्वाला संग्रौलालाई का’रबाही गर्नुपर्ने आवाज चौतर्फी उठेको छ । शिलापत्र बाट
https://ujyaalonepalnews.com/archives/14808


