हेटौंडा । बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाका लागि नयाँ मापदण्ड लागू गरेको छ । लाइसेन्सको लागि लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा हुने गरेको छ । अब ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था लागु भएको छ। ट्रायल परीक्षामा सामान्य गल्ती भएमा अनुत्तीर्ण हुने अहिलेको प्रणालीमा सुधार ल्याउन बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा नयाँ मापदण्ड लागू गरेको हो ।
प्रदेशको प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले नयाँ मापदण्ड लागू गरेको जानकारीसहित प्रदेशको सबै यातायात कार्यालयमा परिपत्रसमेत गरेको छ। यससँगै मंसिर १८ गते संघीय राजधानी समेत रहेको काठमाडौंको चाबहिलस्थिति यातायात कार्यालयबाट ७० अंकको ट्रायल परीक्षा कार्यान्वयनको उद्घाटन गर्ने तयारी रहेको बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालयका सूचना अधिकारी राजु अर्यालले जानकारी दिए।
रोजगारीको सुवर्ण अवसर: New Vacancies in NGOs and INGOs in Nepal
१८ गतेदेखि नै ट्रायल परीक्षामा ७० अंकको व्यवस्था कार्यान्वयनमा ल्याइने भए पनि प्राविधिक तयारीका लागि अन्य यातायात कार्यालय क्रमशः कार्यान्वयनमा जाने उनको भनाइ छ। पाँच महिनाअघि प्रदेशका सबै यातायाता कार्यालय प्रदेश यातायात मन्त्रीस्तरीय बैठकले अंक प्रणाली लागू गर्ने निर्णय गरेको थियो।
निर्देशिका जारी भएको करिब दुई वर्षपछि लाइसेन्समा अंक प्रणाली लागू गर्न लागिएको हो। लिखित परीक्षामा भने ६० अंक ल्याउनुपर्ने भएको छ। यसअघि ५० अंक ल्याए पास हुने व्यवस्था थियो। गत असोज १ गतेदेखि लागू गर्ने तयारी गरेकोमा प्रदेश यातायात मन्त्रालय र मुख्यमन्त्री कार्यालयबीच असमझदारीले रोकिएको थियो।
https://ujyaalonepalnews.com/archives/25141


