उडान खुलेको हल्ला धेरै भो, खास खुल्ने चै कहिले देखि हो ? यस्तो आयो तालिका

अन्तर्राष्ट्रिय उडान भाेलिबाट, आन्तरिक असार १७ गतेदेखि

काठमाडौं, असार ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै बुधबार नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै यही असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीद्वारा जारी सूचनामा १ जुलाई अर्थात् १७ असारबाट आन्तरिकतर्फका नियमित हुने उल्लेख छ । असार १७ गतेबाट कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न तथा अन्तर्राष्ट्रिय उडानको सन्दर्भमा तपसिलको तालिका बमोजिम उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । यसैगरी बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान शुरु हुने भएको छ ।

मन्त्रालयद्वारा जारी सूचनामा २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्ने छ । त्यस्तै २५ जुनमा नेपाल एयरलाइन्सले जापान उडान भर्ने छ भने २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउने छ ।

 

https://ujyaalonepalnews.com/archives/14869

Previous articleउडान त खुल्यो तर टिकट पाईन्न पाए पनि ३ गुणा महँगो; दु:ख गर्नेलाई झन् दु:खको चांग
Next articleमलेसियाको उडान जुन २७ तारिखबाट सुरु हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।