उडान त खुल्यो तर टिकट पाईन्न पाए पनि ३ गुणा महँगो; दु:ख गर्नेलाई झन् दु:खको चांग

0
58

काठमाडौं : आन्तरिकरुपमा निषेधाज्ञालाई खुकुलो बनाउँदै आएको सरकारले केही पूर्व शर्त राखेर आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले आन्तरिकतर्फ ५० प्रतिशत नबढ्ने गरी र अन्तर्राष्ट्रिय उडानमा तालिका र मिति तोकेर उडान खुला गर्ने निर्णय गरेको हो । नयाँ निर्णय अनुसार नेपाली कामदारको प्रमुख गन्तव्य मध्येको एक कतारमा काठमाडौंदेखि कतारको दोहा रुटमा सातामा ४ उडान हुने छन् ।

त्यसमा नेपाली वायुसेवाले दुई र कतार एयरवेजले दुई उडान भर्ने नागरिक उड्डययन प्राधिकरणले जनाएको छ । काठमाडौं–दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ । यसअघि हप्तामा एउटामात्र उडान रहको काठमाडौं–इस्तानबुलमा हप्ताको २, काठमाडौं दमाम रुटमा हप्ताको दुई, काठमाडौं–कुवेतमा हप्ताको दुई, काठमाडौं–मस्कटमा हप्ताको एक र मलेसियामा हप्ताको चार उडान हुने भएको छ । दक्षिण कोरियामा एक र जापानमा एक उडान हुने भएको छ ।

उडान सुचारु भएपनि महँगो जहाज टिकटका कारण स्वदेश फर्किने तथा रोजगारीमा जाने कामदारलाई असहज रहेको बताइएको छ । सरकारले अनुमति दिएका एयरलाइन्सहरुको टिकटको मुल्यमा तीन सय प्रतिशतसम्म वृद्धि गरेका छन् । नेपालबाट कतार जाने कामदारले सामान्य अवस्थामा टिकटका लागि २० हजार तथा बढीमा २५ हजार रुपैयाँ खर्च गर्ने गरेकोमा हाल एकतर्फी टिकटको मुल्य ७५ हजार रुपैयाँसम्म पुर्‍याइएको छ । त्यो पनि पाउन सहज छैन ।

उता काठमाडौं–साउदी उडानमा पनि त्यस्तै टिकट महँगो हुँदा स्वदेश फर्किने तथा रोजगारीमा जाने नेपाली कामदार पीडित भएका छन् । नियमित उडान नहुँदा विदामा स्वदेश फर्किनु पर्ने कामदार मात्र होइन कार्यस्थलमा मृत्यु भएका कामदारको शवसमेत नेपाल आउन सकेको छैन ।

अन्तर्राष्ट्रिय उडान रोकिँदा करार अवधि सकिएका, कैद भुक्तान गरेका, आममाफी पाएका, गर्भवती र सुत्केरी अवस्थामा रहेका कामदारहरु स्वदेश फर्किने बाध्यतामा रहेका र घरेलु श्रमिक, गर्भवती, रोजगारी र आम्दानी गुमाएका, सूचनामा पहुँच नभएका श्रमिकहरू थप जोखिममा रहेका भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएको कामदारको गुनासो बढेको छ । मध्यान्ह बाट

https://www.ujyaalonepalnews.com/archives/14865

Previous articleचितवनमा आज फेरी बाघले मान्छे खा’यो
Next articleमैले पाईन्ट खोलि सकेको थिएँ, उनि हुन्न हुन्न भन्दै चिच्याउन थालिन् अनि …..