नौ दिन देखि बेप’त्ता चितवनकी सुजिता भण्डारीको श’व जंगलमा भेटियो
उज्यालो नेपाल, चितवन- विगत ९ दिन अघिदेखि हरा’एकी राप्ती नगरपालिका ३ की २२ बर्षिय सुजिता भण्डारीको श’व भेटिएको छ । राप्ती नगरपालिका वडा नं. ३ को धमिलिमा रहेको ब्रमस्थानी सामुदायिक वनमा भण्डारीको श’व भेटिएको हो । जंगलको विच भागको झाडिमा रहेको श’व सडेको अवस्थामा रहेको र उनका बुबा, दिदि र भाईले शव सुजिताकै भएको पुष्टि गरेको घट’नास्थल पुगेर फर्किएका सजिलोपाटी डटकमका सुरज बराकोटीले जानकारी दिनुभयो ।

श’व घट’नास्थलमै रहेको र पोष्ट’माटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ । जंगलमा च्याउन टिप्न गएका स्थानियहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । श’व गलेको अवस्थामा फेला परेको बताइएको छ । ९ दिन अघि साथीको घरमा तरकारी लिन जान्छु भनि घर बाट हिंडेकी सुजिता एकाएक बे’पत्ता भएकी थिईन् । भण्डारीको ह’त्या कसले र किन गर्यो भन्ने सम्वन्धमा केहि खुल्न सकेको छैन । शरिरमा कपडा रहेको र कसैले मा’रेर फ्याकेको हुन सक्ने प्रहरीले बताएको छ ।
असार ११ गते बिहान घरबाट निस्किएकी सुजिताले मध्यान्ह १२ः१५ बजे दिदी कवितालाई फोन गरी आफू अपहरणमा परेको भन्दै बचाउन आग्रह गरेकी थिइन् । अता’लिएर फोन गरेको आधारमा परिवारले सुजिताको अप’हरण भएको बताएका थिए । सुजिताको खोजीको लागि प्रहरीको केन्द्रीय अनु’सन्धान व्युरोबाट प्रहरीको टोलीसमेत परिचालन गरिएको थियो । सामुदायिक वनमा श’व फेला परेको जानकारी पाएपछि प्रहरीको टोली त्यसतर्फ गएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले राप्तीमा एक जना युवतीको श’व फेला परेको तर पहिचान भइनसकेको बताए । परिवारले भने श’व सुजिताकै भएको बताएको छ । घटनास्थल सुजिताको घरबाट ३ किमी टाढा पर्छ । श’व पहिचानको लागि घट’नास्थल पुगेका आफन्तले श’व सुजिताकै रहेको भनी रोएर फर्किएको वडा नं ३ का वडाध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए । ला’स अहिले सोही स्थानमा छ ! भोलि फरेन्सी टोलि आए पछि मात्र उठाउने भएको छ ! अहिले त्यहा प्रहरीको क’डा सुरक्षा सहित ला’सलाई घेरामा राखिएको छ !
https://ujyaalonepalnews.com/archives/14969


