कोभिड पछि सवैभन्दा धेरै नेपाली युएईबाट फर्किए, दोश्रोमा कतारबाट फर्किनेहरु धेरै

कोभिड पछि सवैभन्दा धेरै नेपाली युएईबाट फर्किए, दोश्रोमा कतारबाट फर्किनेहरु धेरै

कोभिड १९ को संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिएयता विभिन्न मुलुकबाट हालसम्म ४ लाख ८४ हजार ३ सय ९२ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले साउन ३ गतेसम्ममा विभिन्न मुलुकबाट स्वदेश फर्केकाहरुको तथ्याङ्क सार्वजनिक गर्दै ति नेपाली स्वदेश फर्केको जनाएको हो । सिसिएमसीका अनुसार यसबीचमा सवैभन्दा धेरै संयुक्त अरव ईमिरेट्स (युएई) बाट नेपाली नागरिक स्वदेश फर्केका छन् ।

सो मुलुकबाट यसबीचमा १ लाख ४५ हजार ८ सय ५२ नेपाली स्वदेश फर्केका छन् । यसैगरी कतारबाट १ लाख १५ हजार ४ सय १२ जना नेपाल फर्केका छन् । नेपाली श्रमिकको अर्को मुख्य गन्तव्य मुलुक मलेसियाबाट हालसम्ममा ५१ हजार ६९ जना तथा साउदी अरबबाट ४४ हजार ६ सय ७२ जना नेपाली स्वादेश फर्किएका छन् ।

कोभिड १९ को संक्रमण तिव्र भएर नियमित उडान अवरुद्द भएयता कुवेतबाट २४ हजार ८ सय ९६ जना स्वदेश फर्किएका छन् । टर्की हुँदै १६ हजार ५ सय ३ जना तथा जापानबाट १३ हजार ९ सय २६ जना नेपाल आइपुगेका छन् । यसबीचमा भारतबाट ३९ हजार ३ सय १० जना स्वदेश फर्केको सिसिएमसीको तथ्याँक छ । यसैगरी ओमानबाट ६ हजार १ सय ७८ जना नेपाली स्वदेश आइपुगेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति गठन

Previous articleदेवघाटमा यसरी अस्ताईन् सुजिता: केहि दिनमै सत्यतथ्य आउने परिवारको आसा (भिडियो)
Next articleदुवै मात्रा खोप लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने साउदी अरेबियाको सरकारको निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।