कोभिड पछि सवैभन्दा धेरै नेपाली युएईबाट फर्किए, दोश्रोमा कतारबाट फर्किनेहरु धेरै

0
65

कोभिड पछि सवैभन्दा धेरै नेपाली युएईबाट फर्किए, दोश्रोमा कतारबाट फर्किनेहरु धेरै

कोभिड १९ को संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिएयता विभिन्न मुलुकबाट हालसम्म ४ लाख ८४ हजार ३ सय ९२ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले साउन ३ गतेसम्ममा विभिन्न मुलुकबाट स्वदेश फर्केकाहरुको तथ्याङ्क सार्वजनिक गर्दै ति नेपाली स्वदेश फर्केको जनाएको हो । सिसिएमसीका अनुसार यसबीचमा सवैभन्दा धेरै संयुक्त अरव ईमिरेट्स (युएई) बाट नेपाली नागरिक स्वदेश फर्केका छन् ।

सो मुलुकबाट यसबीचमा १ लाख ४५ हजार ८ सय ५२ नेपाली स्वदेश फर्केका छन् । यसैगरी कतारबाट १ लाख १५ हजार ४ सय १२ जना नेपाल फर्केका छन् । नेपाली श्रमिकको अर्को मुख्य गन्तव्य मुलुक मलेसियाबाट हालसम्ममा ५१ हजार ६९ जना तथा साउदी अरबबाट ४४ हजार ६ सय ७२ जना नेपाली स्वादेश फर्किएका छन् ।

कोभिड १९ को संक्रमण तिव्र भएर नियमित उडान अवरुद्द भएयता कुवेतबाट २४ हजार ८ सय ९६ जना स्वदेश फर्किएका छन् । टर्की हुँदै १६ हजार ५ सय ३ जना तथा जापानबाट १३ हजार ९ सय २६ जना नेपाल आइपुगेका छन् । यसबीचमा भारतबाट ३९ हजार ३ सय १० जना स्वदेश फर्केको सिसिएमसीको तथ्याँक छ । यसैगरी ओमानबाट ६ हजार १ सय ७८ जना नेपाली स्वदेश आइपुगेका छन् ।

https://www.ujyaalonepalnews.com/archives/15116

Previous articleकतार बाट आयो यस्तो खबर: ६ महिनाभित्र कतार फर्कने नेपालीलाई ‘इन्ट्री परमिट’ नचाहिने
Next articleदुवै मात्रा खोप लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने साउदी अरेबियाको सरकारको निर्णय