अर्को आईपो आउंदै: लिखु हाइड्रोपावर कम्पनीले ६२ करोडको आईपीओ ल्याउँदै

अर्को आईपो आउंदै: लिखु हाइड्रोपावर कम्पनीले ६२ करोडको आईपीओ ल्याउँदै

ओखलढुंगा र रामेछापको सीमा नदी लिखुमा निर्माणाधीन ५२.२ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजनाले ६२ करोड ५० लाखको सेयर निष्काशनको तयारी गरेको छ । यो मध्ये ५० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी रहने ५० प्रतिशत सर्वसाधारणले पाउने छन् ।

३१ करोड २५ लाख मूल्यको ३१ लाख २५ हजार कित्ता प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारी तथा ३१ लाख २५ हजार कित्ता शेयर सर्वधारणका लागि निस्काशन गर्न लागिएको हो । आयोजना प्रभावित क्षेत्र ओखलढुंगाको लिखु गाउँपालिकास्थित वडा नम्बर ९ पोकली, खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर १, २ र ३ प्रभावित क्षेत्रमा पर्छ ।त्यस्तै रामेछापतर्फको गोकुल गंगा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको भुजी र सैपु आसपासको भूगोल प्रभावित क्षेत्रमा सूचिकृत छ ।

यी क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीहरुले ५० प्रतिशत सेयर पाउनेछन् भने सर्वधारणका लागि ५० प्रतिशत सेयर सुरक्षित गरिएको छ । लक्ष्मी क्यापीटल लिमिटेडमार्फत बिक्री गर्न लागिएको शेयर ५ प्रतिशत अर्थात करिब एक लाख ५६ हजार दुई सय पाँच कित्ता सेयर कर्मचारीका लागि छुट्याइने छ

https://ujyaalonepalnews.com/archives/15503

Previous articleअब भिजिट भिषामा पनि युएई जान सकिने तर यस्तो छ शर्त
Next articleआठ महिने छोरीलाई झुण्ड्याएर आमाबाबुले नै गरे आ’त्मह’त्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।