आठ महिने छोरीलाई झुण्ड्याएर आमाबाबुले नै गरे आ’त्मह’त्या

आठ महिने छोरीलाई झुण्ड्याएर आमाबाबुले नै गरे आ’त्मह’त्या

झापा । ८ महिने शिशुसहित झापामा एक दम्पतीले झुन्डिएर आ’त्मह’त्या गरेका छन् । कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झु’ण्डिएको अवस्थामा सोमबार विहान फेला परेको छ । इलाका प्रहरी कार्यालय सुरुंगाका अनुसार पहिला शिशुलाई झुण्ड्याएर पछि दम्पतीले आ’त्मह’त्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

नानीलाई आमाले छातीमा टाँसेर बोकेको अवस्थामा देखिएको छ । उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर आ’त्मह’त्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृ’तक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।

आ’त्मह’त्या गर्नुपर्ने कारण खुल्न सकेको छैन भने अहिले घट’नास्थलमा प्रहरीले अनुसन्धान थालेको छ । उनीहरु झु’ण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/15507

Previous articleअर्को आईपो आउंदै: लिखु हाइड्रोपावर कम्पनीले ६२ करोडको आईपीओ ल्याउँदै
Next articleसाउदीको मरुभुमीमा उँट चराउनेको कथा: ‘दिनभरी उँट चराउन लगाउँथे साँझ परेपछि साङ्लोले बाँधेर राख्थे’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।