Home Uncategorized चितवनमा नेकपा एकीकृत समाजवादीले बनाएका दुवै सहसचिवले गरे पद अश्वीकार, एमालेमै रहने...

चितवनमा नेकपा एकीकृत समाजवादीले बनाएका दुवै सहसचिवले गरे पद अश्वीकार, एमालेमै रहने घोषणा

चितवन। नेकपा (एकीकृत समाजवादी)को महत्वपूर्ण जिम्मेवारी दिएका दुई नेताले त्यसलाई अस्वीकार गर्दै एमालेमै रहने निर्णय गरेका छन्। नेकपा एसले चितवन जिल्ला कमिटी सहसचिव बनाएका दिव्या शर्मा र भरतपुर महानगर कमिटी सहसचिव शोभा पण्डितले एमाले छाड्न नसक्ने भन्दै आँफूहरुको नाम हटाउन आग्रह गरेका छन् ।

दुबै जना माधव नेपाल पक्षले बनाएको समानान्तर कमिटीमा सोही पदको जिम्मेवारीमा दिए। शर्मा भरतपुर महानगरको चुनावमा एमालेका तर्फबाट उपमेयर पदमा ३९ हजार ५ सय २५ मत ल्याएर पराजित बनेकी थिइन्। उनलाई कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ पार्वती शाहले ७ हजार ६ सय ७२ मतले पराजित गरेकी थिइन।

‘पार्टी एकतामा दबाब दिन समानान्तर कमिटीमा बसेका थियौं,’ शर्माले नेपाल प्रेससँग भनिन्, ‘म एमाले छाडेर जान सक्दिनँ, पार्टी विभाजनको पक्षमा छैन्।’ महानगर सहसचिव पद अस्विकार गरेकी पण्डितले पनि एमाले छाडेर अन्य दलमा नजाने बताएकी छिन् ।

‘समानान्तर कमिटी र नयाँ दल फरक हुन्,’ उनले भनिन्, ‘एमालेमै रहेर क्रियाशिल हुनेछु ।’ १० बुँदे सहमति कार्यान्वयनको चरणका बेला दल त्यागेर जान नसकिने अडानमा दुबै जना छन्।

https://ujyaalonepalnews.com/archives/15770

Previous articleदशैं मनाउन प्रसस्त पैसा लिएर आउंछु भनेका शेरबहादुर बाक्सामा प्याक भएर आए
Next articleआफनै भतिजाले गरेका रहेछन सङ्खुवासभामा ६ जनाको सामुहिक हत्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।