आफनै भतिजाले गरेका रहेछन सङ्खुवासभामा ६ जनाको सामुहिक हत्या

संखुवासभा । सङ्खुवासभामा भएको सामूहिक ह’त्याका’ण्डको आ’रोपीले आफ्नो अप’राध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लोकबहादुर कार्की रहेका छन् । उनी ह’त्या गरिएका कार्की परिवारका आफन्त हुन् । गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको ह’त्या भएको थियो । उक्त ह’त्याका’ण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की ह’त्या भएको थियो ।

घट’नामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले स्थानीय कार्कीलाई पक्राउ गरेपछि घ’टनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसि’बीका कारण ह’त्या भएको प्रहरीले जनाएको छ । पक्राउ परेका कार्की परिवारको १३ दिने नाता पर्ने व्यक्ति भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले जानकारी दिए । उनको घर कार्की परिवारको घरको सबैभन्दा नजिक रहेको डिआइजी बिसीले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अ’पराध कबुल गरेको हो । घट’नास्थलमा सिआईबीका डिएसपी रुगम कुँवर नेतृत्वका ३ जना प्रहरी अधिकारी अनु’सन्धानका लागि खटिएका थिए । यद्यपि घ’टनास्थलमा ख’टिएका प्रहरीले भने यस सम्बन्धमा केही बताउन चाहेका छैनन् । ठूला अप’राधका घट’नाको अ’नुसन्धानमा सक्रिय सिआईबीलाई यो घ’टनामा पनि सफलता प्राप्त भएको हो । यसअघि बैतडीमा भएको भागरथी ह’त्या प्रकरण र बझाङमा भएको सम्झना विकको ह’त्या अनुस’न्धानमा पनि सिआईबीले नै अनु’सन्धान गरेको थियो । अभि’युक्तलाई आइतबार चैनपुरमा सार्वजनिक गर्ने प्रहरीले तयारी गरिरहेको छ ।

‘तेजबहादुर मात्र मा’र्न खोजेको थिएँ, अरूले देखेपछि सबैलाई सिध्याएँ’

संखुवासभा सामूहिक ह’त्या का’ण्डमा ज्या’न गुमा’एका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए । तर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीले बाटोमै उनको ह’त्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार मृ’तक तेजबहादुर दुई सय मिटर मास्तिरका भतिजो नाता समेत पर्ने छिमेकी लोकबहादुरको घरमा उनका दुई दाजुभाइलाई लिन गएका थिए । तर बाटोमै टाउको पछाडिबाट हिर्काएर तेजबहादुरको ह’त्या भएको खुलेको प्रहरीले बताएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मा’र्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मा’र्न बा’ध्य भएको भनेका छन् । क’राउन थालेपछि आ’त्तिएका उनले घरतिर समेत गएर सबैको ह’त्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ । यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरी तयारी छ ।

https://ujyaalonepalnews.com/archives/15784

Previous articleचितवनमा नेकपा एकीकृत समाजवादीले बनाएका दुवै सहसचिवले गरे पद अश्वीकार, एमालेमै रहने घोषणा
Next articleमलेशिया बाट सत्र नेपालीको लास तथा अस्तु नेपाल आईपुग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।