१८ खर्ब साउदी रियालको लगानीमा सुरु हुँदै मेघा प्रोजेक्ट; नेपालीलाई थप रोजगारीको सम्भावना

१८ खर्ब साउदी रियालको लगानीमा सुरु हुँदै मेघा प्रोजेक्ट; नेपालीलाई थप रोजगारीको सम्भावना

काठमाडौं – साउदी अरबमा नेपालीलाई रोजगारको अवसर बढ्ने सम्भावना भएको छ । साउदी अरबको पश्चिमी लाल सागर तटमा ५ खर्ब डलरको लागतमा मेघा परियोजना सञ्चालन गर्न थालिएको छ । नियोम शहरको मेगा परियोजनालाई लक्षित गरेर सो क्षेत्रमा करिब १० हजार कामदारहरूका लागि १० वटा शहर निर्माण गरिने भएको छ । कूल १ लाख कामदारका लागि बनाइने यो शहरहरूका टेण्डरहरू अब ६ महिनामै आह्वान गरिने साउदी गजेटले जनाएको छ । त्यसैले नेपालीलाई रोजगारको अवसर बढ्ने सम्भावना रहेको बताइएको छ ।

साउदी शेखको ठूलो घोषणा, २०२२ देखी श्रमिकको तलब वृद्धि हुने

काठमाडौं । तेल उत्पादनको हिसाबले मात्रै नभएर अरब राष्ट्रको हिसाबले समेत शक्तिशाली रहेको साउदी अरबले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलबलाई पुन हेरफेर गर्न राजी भएको समाचार आएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीको कुरालाई बिश्वास मान्ने हो भने साउदी अरबले छिट्टै नै अप्रावासी कामदारको तलबमा वृद्धि गर्ने छ । जसमा दक्ष ,अर्ध दक्ष र अदक्ष कामदार संगै घरेलु कामदार समेत पर्ने छन् ।

साउदी अरबले कति प्रतिशत सम्म तलब वृद्धि गर्छ भन्ने अनुमान लगाउदै अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार हाल खाई रहेको तलबमा १० प्रतिशत सम्म तलब वृद्धिको प्रस्ताव रहेको बताइएको छ । जुन वृद्धि तलब सरकारी तथा प्राइभेट सेक्टरमा काम गर्ने अप्रावासी कामदारहरु सबैमा लागू हुने बताइएको छ ।प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलबमा हेरफेर गर्ने भएको बताइएको छ ।

यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ । तर साउदी अरबको सरकारले कहिले देखि र कति तलब वृद्धि गर्ने भन्ने कुरा अझै खुलाएको छैन । साउदी राजकुमार बिबिएसले अमेरिका संग सम्बन्ध सुधरको कामलाई अगाडी बढाउदै अन्तर्राष्ट्रिय नियम र कानुन बमोजिम साउदीलाई लागि रहेको अवस्थामा अप्रवासी कमदारको तलब वृद्धिको समाचार सत्य हुनेमा जानकार बताउछन् ।

पूर्वीचितवनमा १ सय ५० किलो लागुऔषध गाँजासहित बोलेरो प्रहरी नियन्त्रणमा

Previous articleरत्ननगरको भद्रकाली मा. वि मा नि:शुल्क दन्त शिविर सम्पन्न
Next articleनारायणहिटीमा बसेर शासन गर्न मन लाग्यो त्यसैले श्रीपेच चोर्न गएँ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।