पूर्वीचितवनमा १ सय ५० किलो लागुऔषध गाँजासहित बोलेरो प्रहरी नियन्त्रणमा

0
91

चितवन, जेठ १८ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ खुरखुरेबाट प्रहरीले लागुऔषध गाँजासहित भारतीय नम्बर प्लेटको बोलेरो नियन्त्रणमा लिएको छ ।

प्रहरीले खुरखुरे सडक खण्डबाट बिआर २२ क्यू ४३४१ नम्बरको भारतीय नम्बर प्लेटको बोलेरोबाट १५० किलो लागुऔषध गाँजा शुक्रबार बरामत गरेको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख डिएसपी डा. हेम केसीले जानकारी दिए ।

शुक्रबार राती १२:३० को समयमा शंका लागी चेकजाँच गर्न खोज्दा बोलेरो चालक फरार भएको र बोलेरो भने प्रहरीको नियन्त्रणमा रहेको केसीले बताए ।

Previous articleवर्षासँगै चलेको भिषण हावाहुरीले रत्ननगरमा बालीनालीमा क्षति
Next articleरैथाने माैरी जाेगाउन विकट बस्तीमा आधुनिक घार