स्थानीय तहका कर्मचारीहरुको लागि मेलमिलाप, कानुन निर्माण र राजपत्र सम्बन्धि तालिम सुरु
उज्यालो नेपाल, कार्तिक १५- स्थानीय तहका कर्मचारीहरुको लागि मेलमिलाप, कानुन निर्माण र राजपत्र सम्पादन तथा प्रकाशन सम्बन्धि तालिम धुलिखेलमा सुरु भएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा तालिम सुरु भएको हो । तालिमको आज एक कार्यक्रमका बीच प्रमुख अतिथि समेत रहनुभएका बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा विशिस्ट अतिथिको रुपमा बागमती प्रदेशकी सांसद मीना ज्ञावाली उपस्थित हुनुहुन्थ्यो । दुई दिन सम्म संचालन हुने तालिममा बागमती प्रदेशका पांच जिल्लाका स्थानीय तहका कर्मचारी तथा न्यायीक सहजकर्ताहरुको प्रशिक्षार्थीको रुपमा सहभागिता रहेको छ ।
https://ujyaalonepalnews.com/archives/16272


