मध्य तिहारमा दुःखद खबर ; ग्याँस सिलिण्डर प’ड्किदा एकै परिवारका ४ जनाको मृ’त्यु

मध्य तिहारमा दुःखद खबर ; ग्याँस सिलिण्डर प’ड्किदा एकै परिवारका ४ जनाको मृ’त्यु

ललितपुर — ललितपुरको पाटन मंगलबजार नजिक चक्रबहीको एक घरमा आ’गलागी भइ खाना पकाउने ग्यास सिलिन्डर प’ड्किँदा एकै परिवारका चार जनाको नि’धन भएको छ । महानगरीय प्रहरी परिसरका ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार मृ’त्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नानि निर्जल छन् ।

दूई जना गम्भीर घा’इते भएका छन् । उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ । करिब साढे ६ बजे म्ह पूजा गर्नेक्रममा घट’ना भएको थियो । चार तले घरको तेस्रो तलामा बालेको दियोले पर्दामा छोएर आ’गलागी सुरु भएको थियो ।

तेस्रो तलामा सल्केको आगोको लप्काले चौथो तलामा रहेको भन्साकोठामा पुग्यो । त्यसपछि भान्सा कोठामा रहेको ग्यास पड्कि’एको थियो । चौथो तलामा ११ जना म्ह पूजा गर्दै थिए । ग्यास पड्कि:एपछि चार जनाको घट’नास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/16290

Previous articleकुवेतमा रक्सी पारेर बेच्ने तिन नेपाली पक्राउ ९० बोतल मदिरा बरामद
Next articleमलेशियामा नेपाली समुदायलाई गा’ली-गलौज गर्ने बंगाली प्रहरी हिरासतमा (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।