Home Uncategorized कुवेतमा रक्सी पारेर बेच्ने तिन नेपाली पक्राउ ९० बोतल मदिरा बरामद

कुवेतमा रक्सी पारेर बेच्ने तिन नेपाली पक्राउ ९० बोतल मदिरा बरामद

कुवेतमा रक्सी पारेर बेच्ने तिन नेपाली पक्राउ ९० बोतल मदिरा बरामद

दोहा : कुवेतमा प्रतिबन्धित ९० बोतल घरेलु मदिरासहित तीन नेपाली पक्राउ परेका छन् । स्थानीयस्तरमा उत्पादित र आयातित ९० बोतल मदिरासहित तीन नेपाली बुटलेगरलाई पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यहाँको सल्मिया क्षेत्रमा नियमित गस्तीमा खटिएको सुरक्षाकर्मीले फुटपाथ क्षेत्रमा पार्किङ गरेको गाडी नजिक प्रहरी पुगेपछि गाडीका चालकले भाग्न खोजेका थिए ।

चालकलाई पक्राउ गर्दा गाडीको डिकीमा ठूलो परिमाणमा स्वदेशी गाँजा र आयातित मदिरासहित ती नेपालीलाई पक्राउ गरिएको हो। चालकसँगै अरु दुई जना नेपाली नागरिक रहेको कुवेत प्रहरीले जनाएको छ । उनीहरुलाई थप कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाईएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको परिचय भने खुलाईएको छैन ।

यसघि पनि कुवेत प्रहरीले विभिन्न समय अबैध घरेलु मदिराको भट्टी सन्चालन गरि बिक्री वितरण गरेको अभियोगमा सयौ नेपालीहरुलाई पक्राउ गरि डिपोर्ट गरिसकेको जनाएको छ । कुवेतमा मदिराको कारोबार अबैधानिक मानिन्छ । खबरहब बाट 

https://ujyaalonepalnews.com/archives/16286

Previous articleकामदार भिषामा साउदी पुगेर मालिक बन्न खोजे लाखौं जरिवाना हुने
Next articleमध्य तिहारमा दुःखद खबर ; ग्याँस सिलिण्डर प’ड्किदा एकै परिवारका ४ जनाको मृ’त्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।