कुवेतमा रक्सी पारेर बेच्ने तिन नेपाली पक्राउ ९० बोतल मदिरा बरामद

0
29

कुवेतमा रक्सी पारेर बेच्ने तिन नेपाली पक्राउ ९० बोतल मदिरा बरामद

दोहा : कुवेतमा प्रतिबन्धित ९० बोतल घरेलु मदिरासहित तीन नेपाली पक्राउ परेका छन् । स्थानीयस्तरमा उत्पादित र आयातित ९० बोतल मदिरासहित तीन नेपाली बुटलेगरलाई पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यहाँको सल्मिया क्षेत्रमा नियमित गस्तीमा खटिएको सुरक्षाकर्मीले फुटपाथ क्षेत्रमा पार्किङ गरेको गाडी नजिक प्रहरी पुगेपछि गाडीका चालकले भाग्न खोजेका थिए ।

चालकलाई पक्राउ गर्दा गाडीको डिकीमा ठूलो परिमाणमा स्वदेशी गाँजा र आयातित मदिरासहित ती नेपालीलाई पक्राउ गरिएको हो। चालकसँगै अरु दुई जना नेपाली नागरिक रहेको कुवेत प्रहरीले जनाएको छ । उनीहरुलाई थप कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाईएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको परिचय भने खुलाईएको छैन ।

यसघि पनि कुवेत प्रहरीले विभिन्न समय अबैध घरेलु मदिराको भट्टी सन्चालन गरि बिक्री वितरण गरेको अभियोगमा सयौ नेपालीहरुलाई पक्राउ गरि डिपोर्ट गरिसकेको जनाएको छ । कुवेतमा मदिराको कारोबार अबैधानिक मानिन्छ । खबरहब बाट 

https://www.ujyaalonepalnews.com/archives/16286

Previous articleराष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अलमुताइरी थप दुई वर्ष नेपालमै रहने
Next articleमलेशियामा नेपाली समुदायलाई गा’ली-गलौज गर्ने बंगाली प्रहरी हिरासतमा (भिडियो)