विदेशमा काम गर्दा बुढी औंला टु’क्रियो, अलग्गै औंला बोकेर जोड्नका लागि स्वदेश आए सन्दिप

काठमाडौं। दुबइमा मजदुरी गर्न गएका एक कार्पेन्टरको त्यहाँ काम गर्ने क्रममा बायाँ हातको बुढी औंला मेसिनले का’टिदियो । उनको त्यो औंला जोड्नका लागि दुबइका डाक्टरहरुले २४ लाख भारतीय रुपैयाँ लाग्ने बताए । मजदुरी गर्ने उनीसँग त्यति धेरै पैसा थिएन । त्यसपछि उनी का’टिएको औंला बोकेर जहाज चढेर दिल्ली आए । दिल्लीका डाक्टरहरुको टिमले उनको औंला ३ लाख ६५ हजार खर्चमा जोडिदिएका छन् ।

राजस्थानका सन्दिप सिंह नामका यी मजदूर घट’ना भएको २२ घण्टापछि दिल्ली आइपुगेका थिए । यस क्रममा उनको शरीरबाट ३०० मिलिलिटर र’गत बगिसकेको थियो । दुबइमा डाक्टरहरुले औंला जोड्न सर्जरी गर्नुपर्ने र यसको लागि २४ लाख खर्च लाग्ने बताएपछि आ’त्तिएका सन्दिपले तत्कालै आफ्ना परिवारसँग सम्पर्क गरेका थिए । त्यसपछि उनले आफ्नो देशमै उपचार गराउने निर्णय गरे ।

सन्दिपका परिवारले दिल्लीको आकाश हस्पिटलमा उपचारको लागि सल्लाह लिए त्यसपछि आकाश हस्पिटलका डाक्टरको टिमले सन्दिपलाई भारत आउन भने । त्यसपछि सन्दिप काटिएको औंला बोकेर दिल्लीका लागि उडे । सन्दिप दिल्लीमा अस्पतालमा पुग्दा ६ जना डाक्टरको टिम सर्जरीको पूरै तयारी गरेर उनलाई पर्खेर बसेको थियो ।

दुबइबाट दिल्ली पुग्दासम्म सन्दिपको धेरै र’गत बगिसकेको थियो । धेरै रग’त बगेपछि शल्यक्रिया गर्नु निकै क’ठिन हुन्छ तर डाक्टरहरुले निकै सतर्कताका साथ सर्जरी सफलतापूर्वक पूरा गरे । सन्दिपको का’टिएको औंला जोड्न डाक्टरहरुलाई ६ घण्टासम्म सर्जरी गर्नुपर्यो । यस किसिमको सर्जरी निकै ना’जुक हुन्छ । डाक्टरहरुले पूरै प्रक्रिया माइक्रोस्कोपिक विधिबाट पूरा गरेका थिए । डिसी नेपाल बाट

https://ujyaalonepalnews.com/archives/16709

Previous articleओली–नेपाल र प्रचण्ड एउटै मञ्चमा
Next articleमलेशियन सरकारको निर्णय: सबै क्षेत्रमा विदेशी कामदार लैजाने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।