मलेशियन सरकारको निर्णय: सबै क्षेत्रमा विदेशी कामदार लैजाने

काठमाडौं : मलेसियाले सबै क्षेत्रमा विदेश कामदार लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको मलेसियाको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेकोे बताइएको छ । कोरोना भाइरस संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि मलेसियाले सन् २०२० मार्च १८ देखि विदेशी कामदार भर्ना गर्न रोकेको थियो । मलेसियाले करिब दुई वर्षपछि विदेशी कामदारका लागि ढोका खोलेको हो । मलेसियाले यसअघि पहिलो चरणमा प्लान्टेशन भनिने रवर र पाम उद्योगमा मात्रै नयाँ विदेशी कामदार लैजान पाउने नीति लिएको थियो ।

शुक्रबार भएको नयाँ निर्णय अनुसार उत्पादन, सेवा क्षेत्र, कृषि, प्लान्टेशन र घरेलु कामदारको नयाँ भर्ना खुलाएको हो । मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको नेपाली दूतावासले नयाँ कामदार भर्ना खोल्ने मलेसियाको निर्णय यसअघि नेपालसँग भएको श्रम सम्झौता अनुसार मागपत्र प्रमाणीकरण गर्ने बताएको छ । नेपाली दूतावास मलिसियाका काउन्सिलर श्रम दिपक ढकालले नयाँ कामदारको एप्रुभल खुलेको विस्तृत जानकारी आउन नसकेको भन्दै मलेसियाको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर खुला गर्ने निर्णय भएको विभिन्न स्रोतबाट जानकारी आएको बताए ।

मलेसियाले शुक्रबार बंगलादेशसँग प्लान्टेशनसहित सबै क्षेत्रमा कामदार लिने सम्झौता गरेको बताइएको छ । नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा सम्झौता भएको थियो । नेपाल र मलेसियाबीच भएको श्रम समझदारी अनुसार नेपालबाट कामदार पठाउन लाग्ने सेवा शुल्क, दुईतर्फी हवाई टिकट, भिसा तथा स्वास्थ्य परीक्षण शुल्क खर्च रोजगारदाताले व्यहोर्ने प्रावधान छ । सम्झौतामा कामदार पठाउने नेपाली म्यानपावर कम्पनीलाई मलेसियाका रोजगारदाताले सेवा शुल्क वापत कामदारले पाउने मासिक न्यूनतम तलबको ५० प्रतिशत रकम सेवा शुल्क दिनु पर्नेछ ।

यसका अतिरिक्त नेपालमा हुने स्वास्थ्य परीक्षण र सुरक्षा जाँचको खर्च रोजगारदाताले पहिलो महिनाको तलबमा फिर्ता गर्नुपर्ने व्यवस्था छ । मलेसियाले शुक्रबारदेखि ई–भिसा अनलाइन प्रणालीको शुरूवात गरेको छ । त्यसले तत्कालका लागि मलेसिया जाने विदेशी पर्यटक, विदेशी विद्यार्थी, विदेशी व्यापारी र स्वास्थ्य उपचारका लागि जाने बिरामीका लागि सजिलो हुने र केही समयपछि विदेशी कामदार लैजान पनि उक्त प्रणालीले सहयोग पुर्‍याउने मलेसियाको अध्यागमनका महानिर्देशक दातुक इन्देरा खैरुल जैमी दाउदले बताएका छन् । मध्यान्ह दैनिकमा खबर छ।

सोमबार सार्वजनिक बिदा

Previous articleविदेशमा काम गर्दा बुढी औंला टु’क्रियो, अलग्गै औंला बोकेर जोड्नका लागि स्वदेश आए सन्दिप
Next articleकालिकाको क्लब चोकमा रहेको दीपज्योति सप्लायर्स बाट सामान खरिद गरेका १७ जनालाई उपहार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।