खैरहनी नगरपालिकाको दसौं नगर सभा सम्पन्न , वडागत ७४ वटा योजना संशोधन

पुष २९ गते । चितवनको खैरहनी नगरपालिकाको दसौं नगर सभा विहीवार सम्पन्न भएको छ । नगर सभाले नगरपालिकामा कार्यरत कर्मचारीहरुको व्यवस्थापन गर्न बनेको ऐन २०७८ सहित वडागत योजना संशोधन गरेको छ । नगर सभामा नगर प्रमुख लालमणी चौधरीले प्रस्तुत गरेको नगरपालिकामा कार्यरत कर्मचारीहरुको व्यवस्थापन गर्न बनेको ऐन २०७८ सहित विभिन्न प्रस्ताव पारित गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले बताए ।

नगर उपप्रमुख सुनिता थपलियाले योजना संसोधनको प्रस्ताव गरेकी थिइन् । वडागत ७४ वटा योजना संशोधन गरि १०७ वटा पुर्याइएको छ । नगर सभामा विषयत समितिबाट हाल सम्मको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

आर्थिक विकास समिति संयोजक कारीराम चौधरी,सामाजिक विकास समिति संयोजक मनेजर महतो,पूर्वाधार विकास समिति संयोजक होमकुमार पुन,सार्वजनिक खरिद तथा क्षमता,सुसासन विकास समिति संयोजक टिकादत्त इटनी,वातावतरण तथा विपद व्यवस्थापन समिति सदस्य रामशरण पाण्डे,विधायन समिति संयोजक देववहादुर वस्नेत, लेखा समिति संयोजक टिकाराम तिमल्सीना,न्यायिक समिति सदस्य गोमादेवी भुजेलले आआफ्नो समितिको प्रतिवेदन नगर सभामा पेश गरेका थिए ।

संस्थागत क्षमता मुल्याङकन: महानगरलाई उछिन्दै तेस्रो बन्यो कालिका

Previous articleरत्ननगरको १० औं नगरसभा: गौरवका योजना निर्माणमा सफल भएको निष्कर्ष
Next articleसाउदीमा ठ’गहरु बाट जोगिन नेपाली दुताबासको अनुरोध; जारी गर्यो यस्तो सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।