नेपाल एयरलाइन्सले साउदीमा अनुमति पायो; जेद्दा रियाद र दमामबाट उडान गर्ने

२२ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा उडान अनुमति पाएको छ । सो मुलुकको नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई आइतबार उडान अनुमति दिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् ।

साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको छ,’ खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने भएको छ ।

निगमले अप्रिल २०२२ देखि नै व्यवसायिक योजना अनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान सुरु गर्ने समेत जनाएको छ । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरेपनि अनुमति पाएको थिएन ।

https://ujyaalonepalnews.com/archives/17748

Previous articleसाउदी अपडेट : अब साउदी प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने, क्वरेण्टिन बस्नु नपर्ने
Next articleविदेशबाट नेपाल आउँदा नयाँ नियम: खोप कार्ड भए पिसिआर रिपोर्ट नचाहिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।