थाइल्यान्डका एक सैनिकद्वारा गोली हानी १२ जनाको हत्या (अपडेट)

थाइल्यान्डको राजधानी बैंककदेखि उत्तरपूर्वीक्षेत्रमा रहेको शहर कोरात पनि भनिने नाखोन रचासिमामा एक जुनियर सैनिकले गोली हानी कम्तिमा १२ जनाको हत्या गरेको त्यहाँको पुलिसलाई उद्धृत गर्दै बीबीसी र अन्य अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

बीबीसीले थाइल्यान्डको रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै सो आक्रमण जक्राफन्थ थोम्मा नामक एक व्यक्तिले त्यहाँस्थित एक सैन्य क्याम्प, बौद्ध गुम्बा र सपिङ सेन्टरमा गोली चलाउनुअघि आफ्नै मालिकमाथि आक्रमण गरेको बताएको छ। उनले त्यसअघि सैन्यक्याम्पबाट एउटा बन्दूक र गाेलीगठ्ठा चाेरी गरेका  थिए।

आक्रमणकारी भनिएका ती व्यक्तिले आक्रमण शुरु गर्नुअघि फेसबुकमा विभिन्न कुराहरु व्यक्त गरेकाे र तीनवटा गोलीसहित एउटा पेस्तोलको तस्वीर समेत पोस्ट गरेका थिए।

उनले ‘आत्मसमर्पण गरौँ कि नगरौँ’ अनि ‘अब चाहिँ उत्तेजित हुने बेला भयो’ लगायतका कुरा व्यक्त गरेको बताइएको छ।

आक्रमणकारी भनी शंका गरिएका ती व्यक्ति सपिङ सेन्टरको वेसमेन्टमा लुकेको अधिकारीहरुले बताएका छन्।

सो घट्नाको परिदृष्य अझै पनि प्रष्ट भइनसकेको बताइएको छ।

सेनालाई काठमाडाैं महानगरकाे १ करोड ५० लाख

Previous articleआइफोन निर्माता कम्पनी फक्सकनले कोरोना भाइरस प्रतिरोधी मास्क बनाउने
Next articleडेब्यू खेलमै कुशलको विश्व कीर्तिमान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।