Home Uncategorized अखिल नेपाल महिला संघ रत्ननगरको अध्यक्षमा विरञ्जना घिमिरे सापकोटा

अखिल नेपाल महिला संघ रत्ननगरको अध्यक्षमा विरञ्जना घिमिरे सापकोटा

रत्ननगर । अखिल नेपाल महिला संघ रत्ननगर नगर कमिटीको अध्यक्षमा विरञ्जना सापकोटा चयन भएकी छन् । शुक्रबार रत्ननगरमा भएको संघको प्रथम नगर सम्मेलनले सापकोटाको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा चन्द्रिका केसी, सचिवमा सविता चौधरी, सह सचिवमा इन्दिरा नेपाल र कोषाध्यक्षमा लक्ष्मी बर्तौला चयन भएका छन् ।

एमालेकी केन्द्रीय सदस्य तथा अनेमसंघ केन्द्रीय सचिवालय सदस्य प्रभा बराल प्रमुख अतिथि रहेको कार्यक्रममा रत्ननगरमा पार्टीको संगठन निर्माण र समाज विकासमा योगदान गरेका भद्रकाला वन, सीता थपलिया र हीरादेवी केसीलाई सम्मान गरिएको थियो । उनीहरुलाई पौष्टिक आहारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा अनेमसंघ सचिवालय सदस्य लक्ष्मी पोखरेल, पार्टी प्रदेश कमिटी सदस्य राजाराम रेग्मी, एमालेका जिल्ला कमिटी सहसचिव चन्द्रकान्त न्यौपाने, अनेमसंघ केन्द्रीय सदस्य महादेवी खतिवडा, अनेमसंघ केन्द्रीय सदस्य तथा नगर इन्चार्ज ज्वाला पुरी वन, पार्टी नगर कमिटी अध्यक्ष ईश्वरीप्रसाद अर्याल, राष्ट्रिय युवासंघका केन्द्रीय सचिव प्रताप डल्लाकोटी, पार्टी जिल्ला सदस्य भवानी अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

https://ujyaalonepalnews.com/archives/17762

Previous articleभिरबाट मोटरसाईकल खस्दा चितवनमा तिन जनाको ज्यान गयो
Next articleकालिकाका वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।